काठमाडौंमा लिभिंग टुगेदर बसेकी भीआईपी युवती छुटिन्, नुवाकोटे केटो ६ करोडमा डुब्यो……..

ठूला बडासँग विशेष सम्बन्ध राख्दै नुवाकोटका अमित श्रेष्ठसँग लिभिंग टुगेदर बसेकी भीआईपी युवती आइन्दा मुद्दामामिला र लफडा नगर्ने शर्तमा ११ दिनको प्रहरी हिरासतबाट छुटेकी छन् । लिभिंग टुगेदर श्रीमान् अमित आफैँ अबदेखि कुनै झमेला नगर्ने शर्तमा आफू र उनीबीच मञ्जुर भएपछि झापाकी कञ्चन खत्री छुटेकी हुन् ।

प्रहरी स्रोतका अनुसार उनीहरूका बीचमा एकजना मध्यस्थकर्ता बसेपछि दुबैले अब मुद्दा नलड्ने, अमितले झण्डै छ करोड रुपैयाँको श्रीसम्पत्ति कञ्चनको दुई वर्षे छोराको नाममा राख्ने बताएपछि कोरोना महामारीमा थुना परेकी कञ्चन काठमाण्डौ प्रहरीको हिरासतबाट छुुटेकी हुन् ।

मध्यस्थकर्तासँगको छलफलमा उनीहरूले अमितले झापामा किनिदिएको चार बिगाहाभन्दा बढी जग्गा र विभिन्न समयमा कञ्चन,उनका बुबा र आमालाई दिएको दुई करोड नगदसमेत सबै नाबालक छोराको नाममा राखिदिन अमित सहमत भएपछि कुरो मिलेको हो । छोराको नाममा ती सबै सम्पत्ति राखिदिने शर्तमा सहमति भएपनि कागज भने आजसम्म भइसकेको छैन ।

अमितका आफ्नै साथी प्रवीण शाक्यको ग्राण्ड डिजाइनअनुसार कञ्चनले कडा माग राखेर यो ठाउँसम्म पुर्याएको अमित पक्षको बुझाई छ । कञ्चनसँगको लफडा मिलाउने उद्देश्यले अमितले क्यानाडामा बसेर नयाँ योजना बनाए । उनले आफ्नो भाइसँग समेत राम्रो चिनजानमा रहेकी कञ्चनलाई एटीएम कार्ड दुरुपयोग गर्न उक्साउने योजना बनाएको कञ्चनपक्षको आरोप छ ।

भाइसँग कञ्चनको आउजाउ बढेपछि अमितका भाइले जानाजान कारमा एटीएम कार्ड झारिदिए । भोलिपल्टदेखि कञ्चनले त्यहि कार्ड प्रयोग गरेर सपिंग गर्न थालिन् । केही समयपछि आफ्नो कार्ड चोरेको आरोपमा कञ्चनलाई दाजुभाइ मिलेर थुनाइदिए । त्यतिबेलासम्ममा अमित कोरोना महामारीमा पनि क्यानाडाबाट काठमाडौं आइसकेका थिए ।

प्रहरी स्रोत भन्छ ‘कार्डबाट खासै धेरै खर्च भएको देखिँदैन । मुश्किलले पौने लाख खर्च भएको छ ।’ तर,हराएको कार्ड रोक्का नगरी अमितका भाइले त्यहि कार्डमा बेलाबखत १० देखि १५ हजार रुपैयाँ जम्मा गरेको बैंक स्टेटमेण्टबाट देखिन्छ । पैसा जम्मा भएको भोलिपल्टै कञ्चनले कार्ड प्रयोग गरेर सपिङ गर्ने गरेको पनि देखिन आएको स्रोतको दाबी छ ।

हराएको कार्डमा पैसा जम्मा गर्ने, परेवालाई चारो छरेझैँ महिना महिनामा यसो एकाध हजारको किनमेल गर्ने बाटो खोलिदिएको देखिनुलाई पनि मिलेमतो र योजनाबद्ध ढंगले काम अघि बढेको रुपमा भीआईपी युुवतीका भीआईपी मित्रहरूको बुझाई छ । एटीएम कार्डको त्यहि बहानाले कञ्चनलाई बैंकिङ कसुरको अभियोगमा हिरासतमा पुर्याएको प्रहरीको अनुसन्धानले देखाएको छ ।

एकजना प्रहरी भन्छन् ‘त्यत्तिकी बाठी भीआईपी युवतीलाई पनि एकाध हजारको चारोले फसाए । पहिले उसैले फसाई,अहिले अमितले उसलाई । दुबैथरि घिऊ बेचुवा र तरबार बेचुवा जस्ता देखिन्छन् । ’

प्रतिक्रिया दिनुहोस