कुन कुन रोगमा उपयोगी छ त दुबो : बहुगुणी घरेलु ओखती जानिराखाै

अक्सर पूजापाठमा दुबो अनिवार्य मनिन्छ । दुबोको आर्युवेदमा खास महत्व छ । यसलाई महाऔषधी मानिन्छ । बाहिरी घाउदेखि भित्री रोगसम्म निको पार्ने क्षमता हुन्छ, दुबोमा । मधुमेहको जोखिम कम गर्नदेखि रक्तअल्पताबाट बचाउनका लागि समेत उपयोगी हुन्छ, दुबो । त्यसो त यसलाई छालाको सौन्दर्यका लागि पनि प्रयोग गर्न सकिन्छ । आँखामा कुनै संक्रमण भएमा दुबोको रस निकालेर राम्ररी छानेर त्यसको केही थोपा आँखामा चुहाउनुपर्छ, निको हुन्छ ।

दुबोको अर्को विशेषता भनेको, यो जहाँपनि सजिलै उम्रन्छ । अक्सर औषधिय गुणका बनस्पति दुर्लभ हुन्छ । तर, दुबो जताततै पाइन्छ । दुबोको यहि बिशेषताको कारण त भनिएको हो, ‘दुबो जस्तो मौलाओस् ।’

आर्युवेदका अनुसार बहुगुणी बनस्पति दुबोलाई जुसको रुपमा समेत सेवन गर्न सकिन्छ । दुबोको रसमा प्रोटिन, कार्बोहाइड्रेट, क्याल्शियम, फाइबर, पोटासियम पर्याप्त मात्रामा पाइन्छ । हरेक दिन निश्चित मात्रामा दुबो सेवन गर्नु स्वास्थ्यका लागि अति लाभदायक मानिन्छ ।

त्यसो त दुबो सामान्य अवस्थामा पनि सेवन गर्दा लाभदायक हुन्छ । सफा ठाउँमा उम्रिएको दुबोलाई टिपेर पखाल्ने । त्यसलाई पिसेर रस निकाल्ने । उक्त रसमा पानी मिश्रण गरेर पिउन सकिन्छ । साथसाथै सफा दुबोलाई पानीमा उमालेर त्यसको रस सेवन गर्न सकिन्छ ।

आँखा पाकेको वा आँखामा कुनै किसिमको संक्रमण छ भने दुबोको रस रामबाण हुनसक्छ । दुबोको रस पातलो कपडामा छान्ने । अब सफा रसलाई आँखामा लगाउनुपर्छ । संक्रमण ठिक हुन्छ ।

दुबोलाई त्यसै चपाएर पनि सेवन गर्न सकिन्छ । यसको स्वाद हल्का गुलियो हुन्छ ।

साथै दुबोमा खाली खुट्टा हिँड्नु पनि राम्रो मानिन्छ । उच्च रक्तचाप, मधुमेहको रोगीले बिहान दुबोमा खाली खुट्टा हिँडडुल गर्नु निकै फाइदाजक हुने बताइन्छ ।

कुन कुन रोगमा उपयोगी ?

दुबोको रसमा पोषक तत्व हुने भएकाले यो स्वास्थ्यका लागि त्यसैपनि फाइदाजक छ । साथसाथै कब्जियत, कलेजोको रोग, यौनरोगमा दुबो अत्यान्तै लाभदायक हुनछ । शरीरको विकार हटाउँछ । यसले रगतलाई शुद्धिकरण गर्न सघाउँछ । पिसाबमा खराबी छ भने दुबोको रस फाइदाजनक हुन्छ । नाकको समस्या पनि दुबो लाभदायक हुन्छ ।

सामान्य अवस्था वान्ता भए, नाथ्री फुटे, छाती पोले, जिउ चिलाए, शरीरको कुनै भाग सुन्निएमा दुबोको प्रयोग गर्न सकिन्छ ।

दुबोको उपयोगिता यतिमात्र छैन । यो दीर्घ रोगहरुको निदानमा पनि प्रभावकारी मानिन्छ । खासगरी मधुमेह, उच्च रक्तचाप, नपुङ्सकता आदिमा दुबोको रस उपयोगी हुन्छ ।

हामीले केहि सम्बन्धित थप जानकारी दिइएका छाै

भुटेको एक पोटी लसुन खानुहोस् र यी फाइदाहरु उठाउनुहोस् !

हामीले खाने हरेक खानामा बिभिन्न खाले भिटामिन मिनरल तथा प्रोटिन र कार्बोहाइड्रेट जस्ता तत्व पाइने गरिन्छ । यस्तै हरेक नेपालीको भान्सामा पाइने लसुनको पनि फाइदा धेरै छन् । लसुनको प्रयोगले खाना मिठो मात्र हुँदैन कि यसले धेरै फाइदा पनि गर्दछ ।

बिशेष गरि काँचो लसुन भन्दा भुटेको लसुन धेरै लाभदायक रहेको विज्ञहरुले बताएका छन् । पुरुषहरुको लागि भुटेको लसुन निकै नै निकै फाइदाकर हुने गर्दछ ।

भुटेको लसुन सेवन गर्दा हुने फाइदाहरू यसप्रकार छन्

लसुनमा पाईने एलिसिनले रक्तसंचारमा सुधार ल्याउँछ । यसले स्टेमिना बढाउँछ । यसमा सेलेनियम, भिटामिन्स हुन्छ । यसले स्पर्मको क्वालिटीमा सुधार ल्याउँछ र फर्टिलिटी बढ्छ ।

यसमा पाईने एलिसिनले सेक्स हार्मोनको लेभल सन्तुलित रहन्छ । यसले इरेक्टाइल डिस्फंक्शनको समस्याबाट बचाउँछ । यसबाट कोलेस्ट्रोल लेभल नियन्त्रण रहन्छ । यसले मुटुको समस्याबाट बचाउँछ ।

यसमा पाईने एन्टीअक्सीडेन्ट्सले मेटाबोलिज्म सुधार हुन्छ । मोटोपन तीव्र रूपले कम हुन्छ । यसबाट शरीरको टोक्सिन्स हट्छ । यसले किड्नी, लिभर समस्याबाट बचाउँछ ।

यसमा एन्टी कार्सिनोजिनक एलिमेन्ट्स हुन्छ । यसले प्रोस्टेट क्यान्सरबाट बचाउँछ ।

भुटेको लसुन खाने ३ तरिका

भुटेको लसुन महमा मिलाएर खानुहोस् ।

सूप बनाउने क्रममा लसुन मिलाएर खान सक्नुहुन्छ ।

हरियो धनियाँको चट्नी बनाउने क्रममा लसुनलाई मिक्स गरेर खानुहोस् ।

लसुनमा मह मिलाएर खानुको चामत्कारिक फाइदा जानिराखाै

लसुन र मह (हनी) को बारेमा जानकारी नहुने सायदै होलान् । हरेक दिन हाम्रो भान्सामा लसुन मसलाका रूपमा प्रयोग हुन्छ । लसुन मसलामात्रै नभएर यो भान्साको औषधि पनि हो ।

यसले शरीरका अनेक विकारलाई शुद्धीकरण गरेर अनेक खाले इन्फेक्सन कम गर्नसमेत सहयोग गरिरहेको हुन्छ । लसुनले मानिसको पाचनक्रियालाई समेत फाइदा पुर्‍याइरहेको हुन्छ ।

बनाउने तरिका

दुई, तीनवटा लसुनको पोटी पिसेर पेस्ट बनाउने । त्यसमा ताजा (काँचो) मह मिसाउने । मि श्रणलाई केही बेर राख्ने, यसो गर्दा लसुनमा मह राम्ररी मिसिन्छ । यसरी बनाइएको पेस्ट बिहान खाली पेटमा ७ दिनसम्म सेवन गर्ने ।

लसुन र महको महत्व

लसुनजस्तै मह पनि मानिसका लागि औषधीय गुणले भरिपूर्ण छ । लगातार सात दिनसम्म मह र लसुन सेवन गरेमा स्वास्थ्यका लागि चामत्कारिक फाइदा गर्छ । मह र लसुनबाट बनाइएको ‘पेस्टु सेवन गर्दा स्वास्थ्यमा लाभ मिल्ने स्वास्थ्य विज्ञहरूको सुझाव छ ।

रुघाखोकीमा फाइदा

लसुन र महको मिश्रण सेवन गर्दा शरीरमा गर्मी बढाउँछ । यसले तपाईंलाई रुघाखोकीबाट जोगाउँछ ।

मुटुका लागि फाइदा

लसुन र महको पेस्ट सेवन गर्दा मुटुलाई स्वस्थ राख्न मद्दत पुग्छ । यसले मुटुमा जमेर बसेको विकारलाई बाहिर निकाल्छ । यसले मुटुका धमनी सफा गर्ने हुँदा रक्तसञ्चार राम्रोसँग हुन पाउँछ ।

पाचनक्रियामा लाभ

यसको सेवनले पाचनक्रियालाई बलियो बनाउँछ । मानिसको पाचनप्रणाली सबल भयो भने पेटका कारण सुरु हुने अन्य बिरामी लाग्नबाट जोगाउँछ ।

लसुन र महको पेस्टले शरीरमा जम्मा भएको फोहोर र विकार बाहिर निकाल्न ‘क्लिनरुको काम गर्छ । शरीरको विकार बाहिर निस्किएपछि मानिसलाई स्वस्थ जीवन बिताउन यो लाभकारी मानिएको छ ।

पखालाबाट छुटकारा

यति तपाईं पटकपटक लाग्ने झाडापखालाबाट पीडित हुनुहुन्छ भने लसुन र महको पेस्ट तपाईंका लागि ‘अमृतु हुनसक्छ । यसको सेवनले पाचनप्रणालीले राम्ररी काम गर्न थाल्छ । यसले तपाईको पेटसम्बन्धी जुनसुकै प्रकारको संक्रमण निको हुनसक्छ ।

घाँटीको इन्फेक्सनमा फाइदा

लसुन र महको पेस्ट घाँटीको इन्फेक्सनमा पनि त्यत्तिकै लाभकारी मानिएको छ । यसको मि श्रणमा एन्टी-इन्फ्लेमेटरी गुण पाइन्छ, जसले घाँटीको खसखस र सुन्निएको अवस्थाबाट आराम दिलाउँछ ।

लसुन जसको प्रयोग जाने यति धेरै रोगको जडी ओखती हुन्छ, के तपाईलाई सहि तरिका थाहा छ ?

प्राचिन समयमा धेरै संस्कृतिहरुले लसुनलाई औषधिको रुपमा प्रयोग गर्थे । भारत र चीनमा लसुनलाई खान पचाउनको निमित्त अन्य विभिन्न परिकारमा मिसाएर प्रयोग गर्ने गरिन्छ । यसका साथै स्वासप्रस्वास तथा अन्य परजीबी संक्रमण हरुसंग जुध्न पनि लसुन प्रयोग गरिन्थ्यो ।

सामान्यरुपमा हेर्ने हो भने लसुनले वात कफ नास गर्छ र दुखाई शान्त पार्छ । यसले पाचन शक्ति बढाउँछ, कृमि नाश गर्छ, हृदय कलेजोलाई उत्तेजक पार्छ । महिलाको महिनावारी ठीक राख्न र पुरुषको वीर्य पुष्ठ पार्न पनि लसुनले मद्दत गर्छ । पिसाबको समस्या, रक्तदोष, सुन्निने समस्या आदिमा पनि लसुन लाभदायक हुन्छ ।

गर्भावस्थामा भने यसको प्रयोग अहितकर हुन्छ । लसुनको पात, गाँठो केस्रा र जरा सबैको प्रयोग गर्न सकिन्छ । लसुनका यी विविध भागलाई नियमित रुपले काँचै वा पकाएर खाने गर्दा मुटु र रक्तनलीका बिभिन्न रोग लाग्ने संभावना न्यून हुन्छ । क्यान्सरको समस्यामा लसुन पनि लाभदायक देखिएको चिनियाँ चिकित्सकको अनुसन्धानले पुष्टि गरेको छ ।

लसुन अत्यधिक औषधीय गुण भएको चिज हो । यो विभिन्न खाले रोगको रोकथाम तथा उपचारमा प्रभावकारी हुने विभिन्न अध्ययनहरुले देखाएका छन् । तरकारी वा अन्य परिकारमा लसुन हालेर खाने त हामी सबैले गरेकै हुन्छौँ तर खाली पेटमा लसुन खाने बानी भने हुँदैन ।

तर बिहान खाली पेटमा लसुन खानु निकै फाइदाजनक हुन्छ । बिहान खाली पेटमा लसुन खानु किन बढि प्रभावकारी हुन्छ ? किनकी बिहानको समयमा ब्याक्टेरिया बढि मात्रामा बाहिर आएका हुन्छन्, जसलाई लसुनमा हुने तत्वले नष्ट गर्न सक्छ ।

खाली पेट लसुन खानुका फाइदा यस्ता छन्

उच्च रक्तचाप नियन्त्रण- बिहान खाली पेटमा लसुनको केही केश्रा नियमित रुपमा खानाले रक्तप्रवाह सन्तुलित गराउने तथा मुटुसँग सम्बन्धित विभिन्न खाले समस्याका साथै कलेजो तथा मुत्रथैलीको संक्रमणको जोखिम समेत कम गर्छ ।

झाडापखाला नियन्त्रण- सामान्य खाले झाडापखालको उपचारका लागि लसुनको सेवन हितकर हुन्छ । बिहान खाली पेटमा लसुन चपाउनुहोस्, त्यसले झाडाबान्तामा फाइदा पुग्छ ।

भोक लाग्दैन ? लसुन खानुस्- लसुनले पाचन क्रियालाई नियमित गर्दछ र भोक बढाउन मद्दत गर्दछ । यसले तनाव कम गर्नुका साथै पेटमा हुने अम्लपना समेत नियन्त्रण गर्न सहयोग पूराउँछ ।

दम, निमोनिया, ब्रोंकाइटिस, चिसो लाग्ने समस्या तथा खोकी लगायतका स्वासप्रस्वास जन्य समस्याको घरेलु उपचारमा लसुन निकै उपयोगी सिद्ध हुन्छ ।

लसुनको नियमित सेवनले कब्जियतको समस्या समेत कम गर्दछ ।

नोट: माथि उल्लेखित स्वास्थ्य सम्बन्धी जानकारीहरु विभिन्न अनलाइन तथा पत्र-पत्रिकाहरुबाट साभार गरिएको हो । मानिसको शारिरिक अवस्था र समय अनुसार पनि माथि उल्लेखित कुराहरुको उपलब्धी फरक पर्छ । सम्पुर्णरुपमा यहि कुरामा मात्रै भर नपर्नुहोला । माथि उल्लेखित कुराहरु प्रयोग गर्दा तपाईको स्वास्थ्यमा थप खराबी देखिए, कृपया तुरुन्त रोकेर स्वास्थ्यकर्मीहरुसँग सल्लाह लिनुहोस् ।

साथै तपाईलाई यो जानकारी कस्तो लाग्यो ? हाम्रो जानकारीहरु अरुलाई पनि देखाउन कृपया सेयर गर्नुहोला ।
तपाइको एक सेयरले थाहा नभएकाहरुले ज्ञान पाउछन भने हामीलाई पनि सहयोग मिल्नेछ ।

प्रतिक्रिया दिनुहोस