योग दिवसको अवसरमा राष्ट्रपतिको यस्तो शुभकामना

काठमाडौं । आज जुन २१ अर्थात् योग दिवसको अवसरमा राष्ट्रपति विधादेवी भण्डारीले शुभकामना सन्देश जारी गर्दै योगको भूमि नेपाल योग एवं तन्त्रसम्बद्ध ज्ञान–विज्ञानका अध्येताका लागि विश्वकै मूल गन्तव्य बन्न सक्छ भन्ने विश्वास व्यक्त गरेकी हुन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली योग परम्परालाई सबैमाझ परिचित गराई राष्ट्रिय गौरभलाई दर्हिलो बनाउन सबैलाई प्रेरणा मिलोस भन्ने कामना पनि गरेकी छिन् । उनले कोभिड महामारीका बीच योग र व्यायमको महत्व अझ महत्व बढेको पनि बताईन् । उनले

आमरूपमा मानिसको भौतिक जीवन र शारीरिक स्वास्थ्य मात्र प्रभावित भएको तथा अवसाद र चिन्ता जस्ता मानसिक समस्यासमेत देखा परेका अवस्थामा शारीरिक र मानसिक सुस्वास्थ्यका लागि योगको सान्दर्भिकता अझ बढ्न पुगेको राष्ट्रपतिले बताएकी छन्।

संयुक्त राष्ट्र संघले सन् २०१४ डिसेम्बर ११ मा हरेक वर्ष जुन २१ लाई अन्तरराष्ट्रिय योग दिवसका रूपमा मनाउने घोषणा गरेपछि हाम्रो समृद्ध परम्परा एवं जीवन दर्शनसँग सम्बन्धित योगले विश्वव्यापी सम्मान प्राप्त गरेको छ । यस बर्ष योग दिवसको नारा ‘मानव सु–स्वास्थ्यका लागि योग’ रहेको छ।

प्रतिक्रिया दिनुहोस