यस्ती बेहुली जसले १० बर्षमा ८ जना वृद्धासगँ बिबाह गर्दै लुटेर भागिन्

एजेन्सी भदौ २० । धेरै तिर महिलाहरु हिंशाको शिकार भएका छन् । तर कहिले काँही महिला पनि यस्ता फेला पर्छन् कि उनीहरु स्वयंले पुरुषलाई पीडित बनाएका हुन्छन् ।
भारतको उत्तर प्रदेश स्थित गाजियावाद प्रहरीले अहिले यस्तै ठग लुटेरा महिलाको खोजी गरीरहेको छ ।
गाजियावादकी मोनीका मलिक परिचय बनाएर ती महिलाले १० बर्षमा ८ जना वृद्धहरुसगँ बिहे गरेर केही समय पछि गरगहना र नगद लिएर फरार भएको प्रहरीले बताएको छ ।
जब ती महिलाले एक निर्माण ठेकेदारसगँ बिबाह गरेर गरगहना सहित १५ लाख चोरेर हिँडे पछि उनले प्रहरीमा जाहेरी दिएका थिए । त्यस पछि नै उनको रहस्य खुलेको हो ।
जुगल किशोर नामका ती ठेकेदारले अघिल्लो बर्ष आफ्नी श्रीमतिको मृत्यु भए पछि र छोरा पनि अलग्गै रहन थाले पछि एक्लोपना हटाउन बिबाह गर्न खोजे । त्यस क्रममा उनी दिल्ली स्थित मेट्रोमोनियल एजेन्सी खन्ना बिबाह केन्द्रमा पुगे । सो विवाह केन्द्रले सुहाउदो बेहुली खोजीदिने बचन दियो ।

खन्ना विवाह केन्द्रले किशोर र मोनीकाबीच भेट गरायो र सन् २०१९ मा उनीहरुले अदालतमा विवाह गरे । विवाह गरेर सँगै बसेको दुई महिना पछि मोनिकाले १५ लाख नगद र गरगहना लिएर भागिन् ।

त्यस पछि किशोर प्रहरीकोमा मुद्धा हाल्न गए त्यस पछि प्रहरी अनुसन्धानले ती महिलाले १० बर्षमा ८ जनासगँ बिबाह गरेर यसरी नै ठगी गरेको फेला पार्यो । प्राय मोनिकाको सबै बिबाह खन्ना विवाह केन्द्रले नै गरेको देखिएको छ ।
प्रहरीले मोनिका, खन्ना बिबाह केन्द्रको बिरुद्ध मुद्धा अघि बढाएको आजतकले लेखेको छ ।

प्रतिक्रिया दिनुहोस