गर्भवती नायिका प्रियंकाको साथीहरुसंग मस्ती गरको यो फोटोले गर्मायो सामाजिक सञ्जाल , नाटक नगरि बच्चा छिट्टै जन्माई हाल्न दर्शकको आग्रह

पछिल्लो समय अभिनेत्री प्रियंका कार्की सामाजिक सञ्जालमा एकदमै छाउने गरेकी छिन् । उनी अहिले गर्भवती अवस्थामा छिन् । तर हरेक हप्ता उनको एउटा न एउटा फोटोले सामाजिक सञ्जाल तताईनै रहेको छ । धेरै फोटो हालेको त्यो पनि गर्भवती अवस्थामा भनेर धेरैले उनको ट्रोल समेत बनाउँदै आएका छन् ।

तर यी सबै कुराका बाबजुद पनि उनी आफ्नो मस्तीमा तल्लीन नै रहेकी छिन् । एक हप्ता पनि बितेको छैन उनको श्रीमान् तथा अभिनेता आयुषमान देशराजले बेबी सावर गरिदिएको त्यस लगत्तै उनले आफ्नो साथीहरु संग रमाईलो गरेको फोटो सामाजिक सञ्जालमा फेरी अपलोड गरेकी छिन् । ए लफ्ट होटललाई धन्यवाद दिँदै उनले आफ्ना साथीहरु संग मस्ती गरिरहेको तस्वीर अपलोड गरेकी हुन् ।

धेरै जसोले यो फोटोमा पनि नेगेटिभ कमेन्ट नै गरेका छन् । एक जनाले केमन्ट गरेका छन् कहिले जन्माउने हो जन्माईहाल्नु नाटक धेरै नगर्नु । उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेकी छिन् -मेरा फेब केटीहरुसंग सधै एउटा समय । ए लफ्ट होटल काठामाण्डौमा अद्भुत बसाई भएको थियो । हामी संगै रहनु भएकोमा धन्यबाद । हामी संग साँच्चै नै सुनौलो समय थियो । उनले अन्त्यमा फोटोका लागि अनिश शाक्य र होटलको जुरी लाई धन्यबाद दिएकी छिन् ।

 

प्रतिक्रिया दिनुहोस