असोज १५ पछि कोरोना संक्रमणको तेस्रो लहर शुृरूवात हुन्छ – स्वास्थ्य मन्त्रालय

काठमाडौं । स्वास्थ्य मन्त्रालयले आगामी असोज १५ गतेदेखि कोरोनाभाइरसको तेस्रो लहर सुरु हुनसक्ने बताएको छ । प्रतिनिधिसभाको शिक्षा तथा स्वास्थ्य समितिमा सोमबार बोल्दै योजना महाशाखा प्रमुख डा. गुणराज लोहनीले उक्त कुरा बताएका हुन् । यसअघि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना संक्रमणको पूर्व सन्ध्यामा रहेको र अक्सिजन र अस्पतालका सैय्या तयारी अवस्थामा राख्न सम्बन्धीत पक्षको ध्यानआकर्षण गराएको थियो ।

आगामी पाँच महीनामा १ लाख ९३ हजार ८५६ जना नयाँ संक्रमित थपिने समेत उनले जानकारी दिए । सो अवसरमा उनले कोभिड–१९ रोकथाम र नियन्त्रणका लागि सरकारले गरेका प्रयासहरुको संक्षिप्त विवरण प्रस्तुत गरेका थिए ।

हालको स्थिर अवस्थालाई हेर्दा पाँच महिनामा एक लाख ९३ हजार ८५६ नयाँ संक्रमित थपिने जोखिम छ । संक्रमितमध्ये ३८ हजारलाई अस्पताल भर्ना गरी उपचार गर्नुपर्ने र तिनमा पनि ९ हजार जनालाई सघन उपचार गर्नुपर्ने सम्भावना रहेको मन्त्रालयले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस