शुक्रबार ह्वात्तै घट्यो सुनको मूल्य, तोलामा कति पर्ला ?

काठमाडौँ । साताको कारोबारको अन्तिम दिन आज शुक्रबार नेपाली बजारमा सुनको मूल्यमा भारी गिरावट आएको छ ।बिहीबार ९२ हजार प्रतितोलामा कारोबार भएको सुनको मूल्य आज एकैदिन ५०० रुपैयाँले घटेर ९१ हजार ५ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस्तै, आज तेजाबी सुनको मूल्य समेत ५०० रुपैयाँले नै घट्दै ९१ हजार रुपैयाँमा झरेको महासंघले जनाएको छ ।शुक्रबार चाँदीको मूल्य समेत २० रुपैयाँले घटेर प्रतितोला एक हजार २६५ रुपैयाँमा झरेको महासंघले जनाएको छ ।

दाँतमा पहेँलो खियाँ लाग्यो ? उसोभए मात्र यो घरेलु उपाय अपनाउनुहोस्
काठमाडौँ । मानिसको सुन्दरतामा दाँतको भूमिका महत्वपुर्ण हुन्छ। तर गलत खानपानका कारण कतिपय अवस्थामा मानिसले दाँतमा विभिन्न समस्या झेल्नु पर्ने हुन्छ।

दाँतमा देखिने समस्याहरुमा रगन बग्ने, सास गन्हाउने लगायतका समस्या रहने गरेका छन्। यस्तो हुनुको पछाडी पाइरिया पनि एक कारण रहेको छ। पाइरिया दाँतको उचित रेखदेख नगरेमा हुने सम्भावना रहन्छ। तसर्थ दाँतको राम्ररी सरसफाई तथा हेरचाह गर्न आवश्यक रहन्छ।

पाइरिया हुनुमा क्याल्सियमको कमी, गिजाको खराबी तथा दाँत तथा मुखको खराबी रहने गरेको छ। पायरिया हुदाँ दाँतलाई सर्पोट गर्ने गिजाको हड्डीमा समस्या उत्पन्न हुन्छ।

र बिस्तारै दाँतको गिजा पहेलो तथा खराब हुन थाल्दछ र त्यसबाट रगत आउँछ । त्यसबाहेक, कलेजोको खराबीका कारण पनि रगतमा अम्लियपन बढ्न थाल्छ।

प्रतिक्रिया दिनुहोस