प्रेमिकालाई थियो फेल हुने डर, युवती बनेर प्रेमीले परीक्षा दिएपछि हंगामा !

नयाँ दिल्ली । प्रेम र युद्धमा सबै कुरा जायज छ । यो भनाइलाई एक युवकले चरितार्थ गरेका छन् । ती युवक आफ्नी प्रेमिकाको कपडा लगाएर उनको परीक्षा दिन पुगेका थिए । प्रेमिकालाई पास हुँदिन भन्ने डर थियो, त्यसैले ती युवक प्रेमिकाको कपडा लगाएर परीक्षा दिन गए । परीक्षा उनले सोचेजस्तो सहज भएने, चौँथो दिन उनी समातिए ।

एक रिपोर्ट अनुसार गैस्टन बर्जर विश्वविद्यालयका एक छात्र खादिम म्बोप मेकअप, हेडस्कार्फ, ब्रा र झुम्का लगाएर परीक्षा दिन पुगे । घण्टौँ मेहनतपश्चात् केटी बनेका खादिम परीक्षा दिइरहेका थिए, त्यही समय कसैलाई उनीमाथि शंका भयो र उनी पक्राउ परे । खादिमकी प्रेमिका गंगू डियोमले परीक्षा पास गर्न नसक्ने बताएपछि खादिमले उनको परीक्षा आफूले दिने योजना बनाएका थिए । उनले तीन दिनसम्म भने परीक्षा दिए, कसैले पनि चिन्न सकेन । तर चौँथो दिन एक निरिक्षकलाई शंका लागेर परीक्षण गर्दा उनले गलत भएको थाहा पाएर नियन्त्रणमा लिए ।

पक्राउ पश्चात् खादिमले आफ्नी १९ वर्षीय प्रेमिकालाई फसाए र प्रहरीलाई एक लजमा लिएर गए, जहाँ ती युवती युवकको प्रतिक्षा गरिरहेकी थिइन् । प्रेमिकाप्रति धेरै प्रेम भएका कारण आफू यस्तो गर्न तयार भएको उनले प्रहरीसामु बताएका छन् । उनीहरुविरुद्ध ठगी र जालसाझी केस दर्ता भएको छ । स्थानीय सञ्चार माध्यमका अनुसार यदि दुवै दोषी ठहरिएमा उनीहरुलाई पाँच वर्षसम्म कुनैपनि राष्ट्रिय परीक्षामा सहभागी गराइने छैन । उनीहरुलाई पाँच वर्षसम्मको जेल सजाय पनि हुन सक्ने बताइएको छ ।

५ वर्ष मुनिका बालबालिकाले लगाउन हुँदैन मास्क, लगाएमा हुन्छ यस्तो जोखिम
काठमाडौं । कोभिडका कारण आम मानिसहरुमा मास्क लगाउने बानी परिसकेको छ । कतिपयले बाहिर निस्कँदा बालबालिकालाई पनि मास्क लगादिएको पाइन्छ । तर पाँच वर्ष वा सोभन्दा कम उमेरका बालबालिकालाई मास्क लगाइदिनु हुँदैन । ५ वर्षमुनिका बालबालिकाका लागि अनिवार्य मास्क व्यवहारिक नहुने भएकाले मास्क लगाउनुभन्दा भिडभाडबाट जोगाउनु उत्तम हुने चिकित्सकहरु बताउँछन् ।

५ वर्ष मुनिका बालबालिकालाई मास्क लगाउदा र्‍याल तथा सिगान निस्कने, नाक बन्द हुनेसक्ने र बालबालिकाले मुखमा लगाएको मास्क मुखभित्र हाल्नसक्ने भएकाले उनीहरुलाई मास्क लगाइदिनु भन्दा भिडभाडबाट जोगाउन उपयुक्त हुन्छ । ५ वर्ष मुनिका बालबालिका पनि कोरोना संक्रमणको जोखिममा हुने भएकाले उनीहरुलाई भिडभाडबाट जोगाउनु पर्छ । बालबालिकालाई अस्पताल वा भिडभाडमा लैजानु परेमा सामाजिक दुरी कायम गराउनु उपयुक्त हुन्छ ।

६ देखि ११ वर्षका बालबालिकाले भने अवस्था हेरे मास्क लगाउनुपर्छ । कोभिड १९ तपाईँको क्षेत्रमा व्यापक रुपमा फैलिएको अवस्थामा सुरक्षित र उपयुक्त रुपमा मास्क लगाउनुपर्छ । मास्कमा पहुँच छ र तिनीहरूलाई धुन वा प्रतिस्थापन गर्न सकिन्छ भने मास्क प्रयोग गर्दा हुन्छ । बालबालिकाले हालसालै गम्भीर बिरामी हुनसक्ने उच्च जोखिममा भएका अन्य व्यक्तिहरूसँग अन्तरक्रिया गरेका छन् भने वयस्कले सुपरिवेक्षण मास्क लगाउनुपर्ने चिकित्सकको भनाइ छ ।

चिकित्सकहरु अनुसार १२ वर्ष र माथिका बालबालिकाले भने वयस्कहरूले जसरी नै मास्क लगाउनु पर्दछ । विभिन्न प्रकारको अपाङ्गता भएका बालबालिकाहरुको हकमा उनीहरुको सक्षमताको मुल्याङ्कन गरेर र उनीहरुको हित सुनिश्चित गरेर मात्र मास्क लगाउने वा नलगाउने भन्ने निर्णय गर्नुपर्छ । बालबालिकाले दौडँदा, उफ्रँदा वा अरु खेलकुदमा सहभागी हुँदा भने मास्क लगाउनु पर्दैन, उनीहरुलाई कम्तिमा २ मिटरको भौतिक दूरी कायम गर्न लगाउनु पर्छ।

प्रतिक्रिया दिनुहोस