पिताको यस्तो शर्तका कारण अमिताभ र जयाले गरेका थिए बिहे

एजेन्सी । बलिउडको आदर्श जोडीको रुपमा चिनिने अभिनेता अमिताभ बच्चन र जया बच्चनले एक समय कयौं सुपरहिट फिल्ममा काम गरिसकेका छन् । बच्चन परिवार पुरै बलिउड उद्योगको एक उदाहरणको रुपमा खडा छ । जया र अमिताको बिवाह कुनै फिल्मको कहानीभन्दा कम रोचक छैन । अमिताभले जयासँग विवाहको बारेमा आफ्नो एक ब्लगमा भनेका थिए, ‘कुरा हो फिल्म ‘जंजीर’ को । यो फिल्ममा हामी दुवै काम गरिरहेका थियौं । निर्माण टिमले फिल्म सफल भएपछि लन्डनमा होलिडे मनाउन जाने फैसला गर्‍यो । फिल्म सफल पनि भयो । त्यसपछि मैले पितालाई लन्डन जान लागेको कुरा बताएँ । पिताले कोसँग जान लागेको भनेर सोधेपछि मैले जयाको नाम लिएँ ।’

तर, उनलाई पिताले जयासँग बिहे गरेपछि मात्र लन्डन जान दिने सर्त राखे । यसपछि उनले जयालाई विवाहको प्रस्ताव गरेका थिए । जया पनि विवाहका लागि राजी भएपछि लन्डन उड्ने दिनै उनीहरुले विवाह गरेका थिए । अमिताभ भन्छन्, ‘म फर्मल इन्डियन म्यारिजमा जसरी तयार हुन्छन् त्यसरी तयार भएको थिएँ र गाडीमा बसेर मलाबार हिल गएँ । केही घन्टामा नै हाम्रो विवाह भयो ।’

अभिताम र जयाको भेट पुणेको फिल्म इन्स्टीच्युटमा भएको थियो । त्यहाँ जया पढ्न जान्थिन् भने अमिताभ फिल्ममा प्रवेश गर्न संघर्ष गरिरहेका थिए । यो जोडीले ‘सोले, जंजीर, अभिमान, मिली, चुपके चुपके, शिलशिला, कभी खुसी कभी गम, बन्सी बिरजू’ लगायतका सुपरहिट फिल्ममा एकसाथ काम गरेका छन् । विवाहको केही समयपछि जया भने अभिनयबाट टाढै रहेकी छिन् ।

एक समय उनीहरुको सम्बन्धमा दरार आएको चर्चा चलेको थियो । तर यो कुरा प्राय कसैले पनि विश्वास गर्न सक्दैनन् । कुनै समय बच्चन परिवारको सबैभन्दा नजिक भनेर चिनिएका अमर सिंहले अमिताभ बच्चन र जया बच्चनको सम्बन्धमा फाटो आएको छ र दुवै अलग बस्दै आएको खबर बाहिर ल्याएका थिए । यति मात्रै होइन अमर सिंहले जया र ऐश्वर्याको बिग्रेको सम्बन्धको बारेमा पनि उनले बोल्न भ्याए । तर कसैले पनि उनको कुरामा विश्वास गरेनन् ।

प्रतिक्रिया दिनुहोस