मुश्लिम समुदायबाट एमबिबिएस गरेकी सप्तरीको पहिलो महिला चिकित्सक जेवा खातुनलाई बधाई

भदौ १५ गते।मुश्लिम महिला बाहिर निस्किँदा बुर्का लगाउनुपर्ने क्रम केही घटेपनि मधेसमा तुलनात्मक रुपमा मुस्लिम महिला सामाजिक रुपमा पछाडि नै छन् ।

विद्यालय जान नपाइने र घरधन्दामै व्यस्त रहनुपर्ने हुँदा मधेशभित्रको मुश्लिम महिलाको अवस्था त अलि कमजोर नै छ ।यसरी पछाडि परेको यो समुदायबाट चिकित्सा क्षेत्रमा अगाडि आएकी छिन् जेवा खातुन ।

जेवा खातुन हालै एमबीबीएस उतीर्ण भएर डाक्टर बनेकी छिन।
सप्तरीको खडक नगरपालिका–८ कल्याणपुर निवासी खातुन ललितपुरको पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट एमबीबीएस उतीर्ण भएकी हुन् । उनी हाल पाटन अस्पतालमै काम गर्दैछिन् ।

सप्तरीको मुश्लिम समुदायबाट उनी पहिलो महिला चिकित्सक हुन् । गौरी सेकेण्डरी जनकपुरबाट २०६९ सालमा प्रथम श्रेणीमा एसएलसी उतीर्ण जेवाले विराटनगरस्थित अरनिको कलेजबाट प्लस टु उतीर्ण गरिन् ।

प्रतिक्रिया दिनुहोस