ऋषी कपुरको निधन भएको एक वर्ष पछि नितुले किन भनिन्, कपूर परिवारमा झूटा अहंकार छ, वाहिर रवाफ भित्र लल्लु ?

एजेन्सी । नीतू कपूर आफ्नो समय को एक प्रसिद्ध बलिउड अभिनेत्री हुन् । उनी ६३ वर्षकी भैसकेकी छन् । उनी भन्छन् कि कपूर परिवारमा झूटा अहंकार छ। बाहिरवाट रुवाव छ भित्र लल्लु । नीतू कपूरले सार्वजनिक रूपमा पहिलो पटक स्वीकार गरेकी छन्

कि कपूर परिवारका सदस्यहरु झूटा अहंकारमा छन्। नीतू कपूर कपिलको शो मा आफ्नी छोरी रिद्धिमा कपूर साहनी संग देखिएकी थिइन् । जब आमाले सार्वजनिक कार्यक्रममा यस्तो भनिन् उनको छोरी भने छक्क परिन् ।

यस शो को एक झलक इन्स्टाग्राम खातामा साझा गरिएको छ। जसमा नीतू कपुर यसो भनिरहेकी छिन्। हास्य कलाकार कपिल शर्मा नीतू कपूर संग कपूर परिवारको बारेमा चर्चा गर्दै हुन्छन् । यसै बीच, नीतू कपूर भन्छिन्, ुकपूर परिवारमा एक नकली अहंकार, कपूर अहंकार। बाहिरवाट हेर्दा रुवाव भित्र बाट लल्लु। उनकी छोरी रिद्धिमा यो सुनेर स्तब्ध भइन्।

जबकि, कपिल र अर्चना पूरन सिंह यो सुनेर ठूलो स्वरमा हाँस्न थाल्छन्। च्यानल द्वारा इन्स्टाग्राम मा अर्को भिडियो क्लिक साझा गरिएको छ, जसमा ऋषि कपूर शो मा आएका थिए जसमा नीतू कपूरको बारेमा कुराकानी गरेको देखाइएको छ ।

कपिल शर्मा भिडियोमा भनिरहेको देखिन्छ कि ऋषि कपूरलाई शो मा आउनु भएको थियो। हामी उहाँलाई नीतू म्याडमलाई हाम्रो साथ ल्याउनु होला भन्न डराइरहेका थियौं जब प्रोडक्शन टिमले उसलाई बोलाएर भन्यो सर, नीतू जी लाई बोलाउनु पर्छ। यस मा ऋषि कपूरले भने कि उनैलाई फोन गर्नुहोस्, तपाइँ मलाई किन भन्नुहुन्छ ?

कपिलले थप व्याख्या गरे कि यस पछि उनले नीतू कपूर लाई १० बजे फोन गरे र सोधे, म्याडम, ऋषि जी तपाई संग हुनुहुन्न ? यसबारे नीतू कपूरले उनलाई जवाफ दिएकि थिइन् की यदि मेरो पति राती दस बजे मेरो साथमा हुनुहुन्न भने उहाँ को संग हुनेछन्, उहा कहाँ हुनुहोला ?

प्रतिक्रिया दिनुहोस