विश्वकै दुई ठूला प्रशान्त महासागर र आन्ध्र महासागर एकआपसमा भेटिँदा यिनीहरुको पानी किन मिसिँदैन ?

काठमाडौं । पृथ्वीको कूल भागको ७१ प्रतिशत पानीले ढाकेको छ। पृथ्वीमा चार भागमध्ये तीन भागजति पानीले ओगटेको छ भने करिब एकभाग मात्र जमिन रहेको छ।

पानीको भागमध्ये अधिकांस भाग महासागरले ओगटेको छ र केहीमात्र हिस्सा नदी, ताल तलाउहरुको छ। सागर भन्ने बित्तिकै चारैतिर पानीले घेरेर रहेको ठाउँलाई बुझिन्छ। पृथ्वीमा जम्मा पाँचवटा महासागर छन् र त्यसमध्ये सबैभन्दा ठूलो तथा गहिरो महासागर प्रशान्त महासागर हो।

वैज्ञानिक रुपमा पनि संसारमा भएका कयौं कुराहरु पानीमा रख्यो भने बिलाएर जाने खालका हुन्छन्। तर एउटा तथ्यले हामीलाई सत्यमाथि आशंका गर्ने बनाएको छ। त्यो हो, एउटै स्थानमा भेट भएर पनि प्रशान्त महासागर र आन्ध्र महासागरको पानी एकआपसमा नमिसिनु।

किन मिसिँदैनन् त दुई महासागरका पानी ?विश्वकै दुई ठूला महासागर आन्ध्र र प्रशान्त अलास्काको खाडीमा मिल्न पुग्छन्। तर आश्चर्य यी दुई महासागरको एकापसमा मिलन हुँदा पनि पानी भने मिसिँदैन। यो कुराले सयौं वर्षदेखि वैज्ञानिकलाइ पनि आश्चर्य बनाएको छ।

एक आपसमा भेट भएपनि यिनीहरु आज सम्म मिसिएका छैनन्। यो तथ्य वर्षौंसम्म बाहिर आउन सकेको थिएन। सन् २०१० मा केन्ट स्मिथ नाम गरेका एक फोटोग्राफरले अलास्कामा दुई महासागर भेट भएको तर नमिसिएको तस्बिर खिचेर इन्टरनेटमा राखे।

प्रतिक्रिया दिनुहोस