अभिनेत्री प्रियंका कार्की आमा बनेपछि हजुरआमा बनेकी रबिनाले यसो भनेपछी सबै छक्क परे !

काठमाडौं । अभिनेत्री प्रियंका कार्की आमा बनेकी छन् । प्रियंकाले छोरीलाई जन्म दिएकी हुन् । सामाजिक सञ्जालमा तस्वीर पोष्ट गर्दै प्रियंकाले आफू आमा बनेको जानकारी दिएकी हुन् ।

प्रियंकाले यो सुन्दर संसारमा छोरी आयाङ्का कार्कीलाई स्वागत छ भनेर लेख्दै जानकारी दिएकी हुन् । तस्वीरमा प्रियंका र आयुष्मान देशराज जोशी खुशी देखिएका छन् । उनीहरुले २०७६ साल फागुण १६ गते विवाह गरेका थिए ।

गर्भवती भएपछि प्रियंकाले सामाजिक सञ्जालमा लगातार तस्विर पोष्ट गर्दै आएकी थिइन् । आयाङ्काको जन्मपछि प्रियंककी सासू तथा बैंकर रबिना देशराज श्रेष्ठले प्रतिकृया दिएकी छिन् । यस्तो संवेदनशील समयमा छोरा आयुष्मान देशराज श्रेष्ठ जोशीले जसरी स्थिति सम्हाले र प्रियंकाको हेरविचार गरे त्यसमा आफूलाई गर्व लागेको बताइन् ।

साथै, उनले दुबैलाई उपहारका लागि पनि धन्यवाद पनि दिएकी छिन् । उनले आफ्नी नातिनी आयाङ्कालाई सबैभन्दा उत्कृष्ट बच्चा बताएकी छिन् । यसका साथै, उनले प्रियंकाको पनि तारिफ गरेकी छिन् ।

उनले लेखेकी छिन्, ‘स्विटहार्ट, तिमी प्रत्येक कुरामा निपुण छौ । जसरी तिमीले उसलाई यो संसारमा ल्यायौं र जसरी तिमीले यतिबेला हरेक महिलाभित्र हुने शक्तिको प्रदर्शन गर्यौ त्यो प्रशंसनीय छ ।’

प्रतिक्रिया दिनुहोस