विवाह गरीसकेकी वेहुली नवौं पटक बेहे गर्न लाग्दा पक्राउ, स्वास्थ्य जाँच गर्दा सबैको होस् उडायो !

एजेन्सी । पैसाको लागि मानिसले के सम्म गर्न सक्छ । तपाईले कल्पना गर्न सक्छु हुन्छ ? कसैले विवाहलाई नै ब्यवसाय बनाएको हुन्छ । भारतको पटियालामा एउटा त्यस्तै घटना भएको छ । ८ पटक विवाह गरेकी एक बेहुली पक्राउ परिन् । पटियालामा बस्ने यि युवती र श्रीमान सहितका उनका परिवारले विवाहलाई नै ब्यवसाय बनाएका थिए ।

यो कथा कुनै टिभी सिरियल भन्दा कम छैन। एक केटीको बिहे हुन्छ। विवाह पछि उनी राम्रो जीवन बिताउन चाहन्थिन्। तर पैसा राम्रो जीवन बिताउन को लागी आवश्यक थियो, र पैसा उनीसंग थिएन। त्यहीँबाट उसले अरु केहि सोच्न थालिन् । उनले विवाहलाई ब्यापार बनाउने निर्णय गरीन् ।

यो निर्णयसंगै घरका परिवारका सदस्य पनि परिवर्तन भए । श्रीमान् भाइ बने , सासु आमा बनिन् र नन्द अमाजू र भाउजूले दिदी बहिनीको भूमिका निभाउन थाले । त्यसपछि सबै मिलेर ति बेहुलीका लागि नयाँ बेहुला खोज्न थाले । यस्तो गरी गरी ति महिलाको विवाह ८ ठाउँमा हुन्छ । विवाह गर्दै वेहुलाको सम्पत्ती र पैसा लिएर वेपत्ता हुन्थिन् ।

तर जब नर्वौ विवाह गर्न लागेकी थिइन् उनको वास्तविकता खुल्छ । पक्राउ परेकी उनको स्वास्थ्य जाँच गरिन्छ । त्यसपछि सबैको होस् उड्छ । स्वास्थ्य जाँचवाट थाहा हुन्छ उनी त एचआइभी पोजेटिभ रैछन् । अनुसन्धानमा सहभागी प्रहरीका अनुसार उनले अझै धेरै विवाह गरेको हुनसक्छ । अझै ३ वटा जति विवाहको घटना प्रहरीमा आउन सक्ने ति अफिसरले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस