३५ वर्षपछि बि’छोडिएका बाबुछोराको भेट, भेटको १० मिनेटमै छोराको दुख मृ’त्यु

काठमाडौं। ३५ वर्षदेखि एक अर्कालाई नभेटेका बाबुछोराको साढे ३ दशकपछि भेट भयो । तर, त्यो भेटको १० मिनेटमै छोराको दु’खद तरिकाले मृ’त्यु भयो । यी बायकर छोराको पितालाई भेटेको १० मिनेटमै एक सडक दु’र्घटनामा मृ’त्यु भएको हो ।

५६ वर्षका पल कवेलको सोमबार बेलायतको आइल अफ म्यानमा एक पर्यटक भ्या’नसँग मोटरसाइकलको ठ’क्कर हुँदा मृ’त्यु भएको हो ।द सनको रिपोर्टअनुसार जुन सडकमा दु’र्घटना भयो त्यहाँ गतिको कुनै सीमा छैन । आइल अफ म्यान एक टापु क्षेत्र हो ।

दु’र्घटना भएको सडक निकै घुमाउरो थियो । पु’लिसले माउन्टेन रोड गु’थरिजमा उकालो बाटोमा पलको आँखामा सूर्यको प्रकाश परेका कारण उनीभ्यानसँग ठो’क्किएको अनुमान गरेको छ । मोटरबाइक प्रेमी पलको जन्म फ्ली’टवुटमा बस्नुभन्दा पहिले आइल अफ म्यानमा भएको थियो ।

पलकी २२ वर्षकी सौतेनी छोरी डेमी रामशका अनुसार यो निकै भ’यानक घटना हो । उनका अनुसार पलले आफ्ना पितालाई भर्खर भेटेका थिए । उनले पिताले ३५ वर्षदेखि देखेका थिएनन् । यी दुईको भेटको १० मिनेटमै पलको ज्यान गयो । उनले आफ्ना २ छोरालाई पहिलो पटक आफ्नो हजुरबुवासँग भेट्न भने ।

प्रतिक्रिया दिनुहोस