तालिबानको एन्टी एजुकेशन नीतिले अफगानीहरू लाई पीडा

तालिबानहरू सत्तामा आए पश्चात् नै सबैलाई अब उनीहरूले औपचारिक शिक्षालाई इस्लामिक शिक्षाले पदस्थापन गर्नेछन् भन्ने अड्कल थियो । अझै तालिबानहरूले त झन् विदेशमा बसेका र पढेका अफगानी विद्यार्थीहरूका परिवारलाई धम्काउने र विदेशमा रहेका बिधार्थीहरु लाई देश फर्कन दबाब दिन थालेका छन् ।

अब तालिबानहरू केवल महिला शिक्षाका मात्र विरोधी नभईकन समग्र शिक्षा र खुला समाजका नै विरोधी भएको स्पष्ट भएको छ । सन् २००१ मा अमेरिकी सेनाको अफगान प्रवेशपछि अफगानिस्तानमा बालिकाहरूको स्कुल भर्ना हुने दर चाहिँ बढिरहेको पाइएको थियो । अब तालिबानहरू सत्तामा आएपछि एकाएक बालिकाहरूको विद्यालय जाने दर शून्य बराबर भएको छ ।

काबुल विश्वविद्यालयमा पिएचडी ग्र्याजुएटलाई हटाएर मदरसाका शिक्षकलाई डिन बनाइएको छ । मुहम्मद असरफ घैरत नामका एक मदरसा शिक्षकलाई तालिबानहरूले सार्वजनिक शिक्षा विभागको मुख्य बनाएका छन्, असरफलाई पत्रकार मार्न खोजेको आरोप छ ।

डाक्टर ओस्मान बाबुरी काबुल विश्वविद्यालयका पूर्व डिन हुन् जसलाई घैरतले पदस्थापन गरेका छन् । बाबुरी विश्व प्रसिद्ध शिक्षक हुन जसका अनेक जर्नलहरू प्रकाशित छन् । उनले दुई वटा विषयमा विद्यावारिधि गरेका हुन् यद्धपी तालिबानहरूले उनलाई हटाएर मामुली मदरसाका शिक्षकलाई डिन बनाएका छन् ।

काबुल विश्वविद्यालयका ७० प्रतिशत कर्मचारीहरूले विश्वविद्यालय इस्लामिकरण गरिएकोमा असन्तुष्टि जनाउँदै राजीनामा दिइसकेका छन् ।वर्तमान डिन घैरतले भर्खरै पुरुष र महिला सँगै पढ्न नहुने तर्क दिएर विवादमा छन् ।

अझै विदेशमा पढ्न जान लागेका अफगानी विद्यार्थीहरू माथि त तालिबान झनै कडा भएको छ । उनीहरूलाई गर्ने, फोन चेक गर्ने देखि उनीहरूलाई हिंसा समेत गर्न तालीबान सेना पछि परेका छैनन् । तालिबान इतिहासमै सर्वाधिक कडा र क्रूर भएको त्यहाँका विद्यार्थीहरू बताउँदछन् ।

प्रतिक्रिया दिनुहोस