यो हो संसारकै सबैभन्दा सानो पुन्टेगाई, जुन २३ महिनाको उमेरमा छ २१ सेन्टिमिटर लामो

काठमाडौं – पछिल्लो समय सामाजिक सञ्जालमा एक अनौठो पुड्के गाई भाइरल बनेको छ । विभिन्न जनावरले अनौठा आकारका बच्चा जन्माउने गरेको पनि हामि सबैलाई थाहाँ नै छ ।

यस्तै बंगलादेशमा एक गाई फेला परेको छ । उक्त गाई सामान्य गाई भन्दा धेरै सानो छ । बंगलादेशको चरिग्रामस्थित एक फार्ममा रहेको उक्त गाईको लम्बाई २१ सेन्टिमिटरको रहेको छ ।

२३ महिनाको उक्त गाईको तौल २८ केजी मात्र छ । उक्त गाई संसारकै सबैभन्दा सानो गाई भनेर गिनिज बुक अफ वल्ड रेकर्डका लागि दर्ता गर्ने तयारी गरिएको छ ।

रानी नाम गरेको उक्त गाईलाई छुट्टै राखेर रेखदेख गरिएको छ । उक्त गाई बाहिर हिड्न डुल्न मनपराउने गर्छ । गाईलाई हेर्न पुगेका सबै मानिसहरु हेरेर दंग पर्ने गर्छन् ।

यी १५ टिप्स जो किचेनमा खाना पकाउँदा महिला पुरुष दुवैलाई उपयुक्त हुन्छ


काठमाडौँ। विशेष गरी दिनमा महिलाको आधाभन्दा बढी समय किचेनमै बित्ने गर्छ । खाना पकाउँदा साना साना कुराले पनि समस्या उत्पन्न गराउँछ । कहिले तेल बढी हालिन्छ, कहिले नुन । कहिले खुर्सानी बढी हुन्छ त कहिले के । यहाँ दिइएका १५ टिप्स महिला पुरुष दुवैका लागि सहयोगी सावित हुन सक्छ ।

१. कागतीको प्रयोग गर्नुअघि आधा घन्टा पानीमा भिजाइदिनुस्, धेरै रस निस्कन्छ ।

२. फलिया बनाउनुभन्दा अघि बरफ भएको पानीमा भिजाइदिनुस्, तरकारी स्वादिष्ट बन्छ ।

३. तरकारीमा हरियो खुर्सानी हाल्ने बेला बियाँ निकालिदिनुस्, पीरो हट्छ, स्वाद मिठो आउँछ ।

४. कागती स्टोर गर्न रस ट्रेमा भरेर फ्रिजमा राखिदिनुस् । टुक्रा टुक्रा भएर जमेपछि प्लास्टिकमा राख्नुहोस् ।

५. तरकारीमा नुन बढी भएमा एउटा आलु काटेर हालिदिनुस्, ब्यालेन्समा आउँछ ।

६. पकौडाको मिश्रणमा एक टिस्पुन तातो तेल हालिदिनुस्, पकौडा नरम हुन्छ ।

७. कुकिज स्टोर गर्ने बेला डिब्बाको मुनि टिस्यु पेपर राखिदिनुस्, ज्यादा समय फ्रेस रहन्छ ।

८. च्याउ स्टोर गर्न प्लास्टिकको ब्यागको सट्टा पेपर ब्यागको प्रयोग गर्नुहोस्, लामो समयसम्म च्याउ फ्रेस रहन्छ ।

९. भिन्डी (रामतोरिया) को तरकारी बनाउने बेला थोरै दहि हालिदिनुस, तरकारी भाँडामा लाग्दैन ।

१०. खुर्सानीको धूलो डिब्बामा भर्नुअघि थोरै हिंग हालिदिनुस्, कीरा लाग्दैन ।

११. दही जमाउने बेला थोरै नरिवलको टुक्रा राखिदिनुस्, धेरै समय ताजा रहन्छ ।

१२. पनिरलाई पानीमा राखेमा चाँडै खराब हुँदैन ।

१३. सुन्तला र टमाटरलाई दुई मिनेट तातो पानी र फेरि दुई मिनेट चिसो पानीमा हालिदिनुस् । टमाटर र सुन्तलाको केस्रा सजिलै आउँछ ।

१४. फ्रेन्च फाइ भुट्नुअघि आलु र थोरै मैदा हालिदिनुस्, क्रिस्पी बन्छ ।

१५. चिनीलाई प्लास्टिकको ब्यागमा हालेर फ्रिजमा राखिदिनुस्, चिनी आपसमा टाँसिदैन ।

प्रतिक्रिया दिनुहोस