पाकिस्तानका विपक्षी दलका नेता बिलावाल भुट्टोले अक्टोबर २९ तारिखमा मुद्रास्फिति विरुद्ध प्रदर्शन गर्न आव्हान

बिलावाल भुट्टो जरदारी पाकिस्तान पिपुल्स पार्टीका चेयरम्यान हुन् । उनले पाकिस्तानका प्रधानमन्त्री इमरान खानले पाकिस्तानी जनताको स्वतन्त्रता खोसेको बताउँदै जनतासँग उनले वाक स्वतन्त्रता र मिडियाहरूको पनि स्वतन्त्रता खोसेको आरोप लगाएका छन् । एक्सप्रेस त्रिव्यूनमा प्रकाशित खबरका अनुसार बिलावाल भुट्टोले अक्टोबर २६ मा एउटा प्रेस कार्यक्रममा बोल्दै देशमा बढ्दो मुद्रास्फिति का विरुद्ध अक्टोबर २९ मा प्रदर्शनका लागि आव्हान गरेका हुन् ।

एक्सप्रेस त्रिव्यूनका अनुसार सोमबार पार्टी कार्यकर्ता र नेताहरू सँगको कार्यक्रममा बिलावालले पाकिस्तानका प्रधानमन्त्री बनाउन भन्दा विनाश गर्न तर्फ लागेका बताएका हुन् ।
सन् २०१८ बाट पाकिस्तानमा बढ्न थालेको खाद्यान्नको मूल्य सन् २०२१ मा पनि बढ्दो नै छ, बिलावालले बताएका थिए ।

भेजिटेबल घ्यूको मुल्य मात्र पछिल्लो ३ वर्षमा २७ प्रतिशतले पाकिस्तानमा बढेको छ । सन् २०१८ को अक्टोबर महिनाको तुलनामा खाने तेलको मूल्य २३ प्रतिशतले बढेको, दाल २१ प्रतिशत र चीनी २२ प्रतिशतले बढेको हो । पीठोको मूल्य पनि सन् २०१५ को तुलनामा १५ प्रतिशतले बढेको डान नामक पत्रिकाले प्रकाशन गरेको छ ।
डानका अनुसार पछिल्ला २ वर्षमा पाकिस्तानमा खाद्यान्नको मूल्य दुई अकं को दरले बढेको हो ।

प्रतिक्रिया दिनुहोस