भारतका प्रधानमन्त्री मोदीले स्पेनलाई भारतमा लगानी गर्न निम्तो दिएका छ्न।

प्रधानमन्त्री नरेन्द्र मोदीले आइतबार स्पेनलाई भारतमा लगानी गर्न र भारतको राष्ट्रिय पूर्वाधार पाइपलाइन, सम्पत्ति मुद्रीकरण योजना र गति शक्ति योजनाको फाइदा लिन आमन्त्रित गरेका हुन। प्रधानमन्त्री नरेन्द्र मोदी र उनको स्पेनी समकक्षी पेड्रो सान्चेजले जी-२० शिखर सम्मेलनको छेउमा वार्ता गरे र दुई देशबीचको सम्बन्धलाई अझ गहिरो बनाउने तरिकाहरूबारे छलफल गरे।

“प्रधानमन्त्री मोदीले स्पेनलाई हरित हाइड्रोजन, पूर्वाधार र रक्षा निर्माण लगायतका विभिन्न क्षेत्रमा लगानी गर्न र भारतको राष्ट्रिय पूर्वाधार पाइपलाइन, सम्पत्ति मुद्रीकरण योजना र गति शक्ति योजनाको थप फाइदा लिन निम्तो दिए,” भारतको विदेश मन्त्रालयले एक विज्ञप्तिमा भनेको छ।

दुई नेताहरूले भारत-ईयू सम्बन्ध र आगामी कोप-२६ मा जलवायु परिवर्तन संबंधी कार्य र प्राथमिकताहरूमा सहयोगको बारेमा पनि छलफल गरे। उनीहरूले अफगानिस्तान र इन्डो-प्यासिफिकलगायत आपसी हितका क्षेत्रीय र विश्वव्यापी मुद्दाहरूमा पनि विचार आदानप्रदान गरेको विज्ञप्तिमा भनिएको छ।

प्रतिक्रिया दिनुहोस