युवतीको बयान : उसको जागिर थिएन्, म संग……

प्रेमीले अर्कै युवतीसँग बिहे गर्न लागेको थाहा पाएपछि ब्यान्डबाजासहित प्रेमिका युवकको घर पुगेकि छन्।भारत उत्तर प्रदेशको गोरखपुर जिल्लामा युवकले अर्कै युवतीसँग बिहे गर्न लागेको खबर पाएपछि प्रेमिका साथीभाइसहित बाजागाजा लिएर बिहे रोक्न युवकको घर पुगेकी हुन्।

प्रमिकाले आफूसँग बिहे नगरे देहत्याग गर्ने ध म्की दिएपछि त्यहा भीड जम्मा भएको थियो। भारतीय सेनामा जागिरे सन्दिप मौर्या र ती युवती दुई वर्षदेखि प्रेम सम्बन्धमा थिए। सन्दिप केटीको घरमा आउनेजाने गर्थे। आफ्ना बाआमाले बिहेको कुरासमेत चलाएको युवतीले बयान दिएकि छन्।

सन्दिपले सेनामा जागिर खाएपछि बिहे गर्न इन्कार गरेको र पन्छिन खोजेको उनको आरोप छ। आफूलाई धो का दिएर अर्कै युवतीसँग बिहे गर्न लागेको थाहा पाएपछि उनी ब्यान्डबाजासहित सन्दिपको घर पुगेकि हुन्।

युवतीले सन्दिपले बिहे गर्छु भनेर शा’री’रि’क स’म्ब’न्ध’स’मेत राख्ने गरेको आरोप लगाएकी छन्। उनले सन्दिपविरुद्ध प्रहरी चौकीमा उजुरी दिएकी छन्।

प्रतिक्रिया दिनुहोस