पोखरामा दुई युवती रङ्गेहात भेटिए, कारण थाहा पाउदा प्रहरीले चाले यस्तो कदम !

काठमाडौं, कात्तिक २३ – पोखराबाट दुई युवती पक्राउ परेका छन् । लागू औषध बेच्नका लागि बोकेर हिँडिरहेका दुई जनालाई पोखरा सिमलचौरबाट रङ्गेहात पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरी टोलीले सिमलचौरमा शंका लागेर चेकजाँच गर्दा लम्जुङ दोर्दी गाउँपालिका ७ घर भई पोखरा, नयाँ बजार बस्ने प्रेमा गुरुङ र गुल्मीको मालिका-२ घर भई नयाँ बजारमा बस्दै आएकी कोपिला अर्याललाई लागू औषधसहित पक्राउ गरेको हो ।

प्रहरीले अभियुक्तहरूको साथबाट लागू औषध डाईजापाम ७४ एम्पुल, आइबुनर्फिन ७० एम्पुल, फेनारगन ७२ एम्पुल गरी २ सय १६ एम्पुल लागू औषध बरामद गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी प्रवक्ता एवं डिएसपी सुवास हमालले जानकारी दिए । अभियुक्त प्रेमा र कोपिलालाई लागू औषध मुद्दामा आठ दिन म्याद थप गरी अनुसन्धान अघि बढाइएको उनले बताए ।

यस्तै, चार वर्षीया बालिकामाथि बलात्कार गरेको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ। सोमबार राति कल्याणपुर नगरपालिका वडा नम्बर ११ स्थित आँप बगैंचामा ४ वर्षीया बालिकामाथि बलात्कार गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सुवास बुढाथोकीले जानकारी दिए।

बलात्कार आरोपमा धनुषा कमलामाई नगरपालिका वडा नम्बर ६ बस्ने अन्दाजी २० वर्षीय शेषकुमार महतो छन्। उनलाई ईलाका प्रहरी कार्यालय कल्याणपुरबाट खटिएको टोलीले राति नै पक्राउ गरेको थियो।

उनीमाथि थप अनुसन्धान गर्न सिरहा जिल्ला अदालतले सात दिन हिरासतमा राख्न अनुमति दिएको छ। प्रहरीले थप अनुसन्धान अघि बढाएको जनाएको छ।

प्रतिक्रिया दिनुहोस