जनताको गुनासो सङ्कलन गर्नका लागि जम्मु कश्मीर को सरकारले विशेष टेलिफोन लाइन स्थापना गर्‍यो

नोभेम्बर १०, जम्मु र कश्मीर मगंलबार का दिन जम्मु र कश्मीर सरकारले जनताको गुनासो सङ्कलन गर्नका लागि जम्मु कश्मीर को सरकारले विशेष टेलिफोन लाइन स्थापना गरेको हो ।

जनरल एड्मीनीस्ट्रेशन डिपार्टमेन्टमा जनताको गुनासाहरू सुन्न यी टेलिफोन लाइनहरू स्थापना गरिएका हुन्, कार्यालय खुल्ने दिनहरूमा बिहान १० बजे देखि बेलुकी ५ बजे सम्म यी लाइनहरू खुल्ला रहने बताइएको छ ।

जनरल एड्मीनीस्ट्रेशन डिपार्टमेन्टको विज्ञप्ति अनुसार जनताहरूले सोझै जनरल एड्मीनीस्ट्रेशन डिपार्टमेन्टका सह सचिवलाई पनि सम्पर्क गर्न सक्नेछन् । रियाज उल हक नामका यी सह सचिवसँग यी लाइनहरूका विषयमा र सुनुवाइ भए नभएको समेत बुझ्न सकिने गरी रियाज उल हकको टेलिफोन नम्बर समेत प्रकाशन गरिएको छ ।

अफगानिस्तानमा भएका कुराहरूले यस क्षेत्रलाई नै प्रभाव पार्दछ ः अजित दोभल

लेटेस्टली डटकमको एउटा समाचारका अनुसार भारतका सुरक्षाविद् अजित दोभलले क्षेत्रीय सुरक्षा संवाद कार्यक्रमका दौरान अफगानिस्तान को घटनाक्रमहरुले अफगानीहरूलाई मात्र नभई समग्र क्षेत्रका देशहरू र छिमेकी देशहरूमा समेत गहिरो प्रभाव पार्दछ । उन्का अनुसार उक्त सुरक्षा संवाद विशेषतः अफगानिस्तानको विषयमा केन्द्रित थियो, भारतले अफगानिस्तानका पछिल्ला घटनाक्रमहरूलाई नजिक बाट हेरिरहेको समेत दोभलले बताएका छन् ।

पाँच वटा एसियाली देशका सुरक्षा सल्लाहकारहरू उक्त भेलामा सहभागी भएका थिए, ती देशहरूमा ताजाकिस्तान, किर्गिस्तान, काजकिस्तान, उज्बेकिस्तान र टुर्कमेनीस्तान थिए । यसका साथै नयाँ दिल्लीमा भइरहेको उक्त सुरक्षा संवादमा रुस र इरानको पनि सहभागिता रहनेछ । भारतको परराष्ट्र मन्त्रालयले पनि संवादको एक दिन अगावै अफगानिस्तानको पछिल्ला घटनाक्रमहरूलाई नजिक बाट हेरिरहेको जनाएको थियो ।

इरानले पनि यस्तै धारणा सहित पछिल्लो सुरक्षा संवाद को आयोजना गरेको थियो । यस पटकको सुरक्षा संवादले अफगानिस्तानका जनताहरूको शान्ति, स्वतन्त्रता र समृद्धिलाई पुनर्स्थापना गराउने विषयमा विश्लेषण गर्ने जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस