अफगानिस्तानमा भएका कुराहरूले यस क्षेत्रलाई नै प्रभाव पार्दछ ः अजित दोभल

लेटेस्टली डटकमको एउटा समाचारका अनुसार भारतका सुरक्षाविद् अजित दोभलले क्षेत्रीय सुरक्षा संवाद कार्यक्रमका दौरान अफगानिस्तान को घटनाक्रमहरुले अफगानीहरूलाई मात्र नभई समग्र क्षेत्रका देशहरू र छिमेकी देशहरूमा समेत गहिरो प्रभाव पार्दछ । उन्का अनुसार उक्त सुरक्षा संवाद विशेषतः अफगानिस्तानको विषयमा केन्द्रित थियो

भारतले अफगानिस्तानका पछिल्ला घटनाक्रमहरूलाई नजिक बाट हेरिरहेको समेत दोभलले बताएका छन् ।पाँच वटा एसियाली देशका सुरक्षा सल्लाहकारहरू उक्त भेलामा सहभागी भएका थिए, ती देशहरूमा ताजाकिस्तान, किर्गिस्तान, काजकिस्तान, उज्बेकिस्तान र टुर्कमेनीस्तान थिए । यसका साथै नयाँ दिल्लीमा भइरहेको उक्त सुरक्षा संवादमा रुस र इरानको पनि सहभागिता रहनेछ । भारतको परराष्ट्र

मन्त्रालयले पनि संवादको एक दिन अगावै अफगानिस्तानको पछिल्ला घटनाक्रमहरूलाई नजिक बाट हेरिरहेको जनाएको थियो ।
इरानले पनि यस्तै धारणा सहित पछिल्लो सुरक्षा संवाद को आयोजना गरेको थियो । यस पटकको सुरक्षा संवादले अफगानिस्तानका जनताहरूको शान्ति, स्वतन्त्रता र समृद्धिलाई पुनर्स्थापना गराउने विषयमा विश्लेषण गर्ने जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस