यी १९ वर्षका युवकले तीन नाति–नातिना भएकी ५६ वर्षकी हजुरआमासँग गरे बिहेकाे लागि इन्गेजमेन्ट

हालै बाहिर आएको एक दृश्य हो १९ वर्षका युवक र तीन नाति–नातिना भएकी ५६ वर्षकी हजुरआमाबिचको इन्गेजमेन्टको किस्सा । खबर हो थाइल्याण्डको । जहाँका १९ वर्षका वितिचाई चन्तराजले आफ्नी ५६ वर्षकी भावी श्रीमतीलाई लगभग १० वर्ष अघि भेटेका थिए ।

त्यतिबेला ती महिला थाइल्याण्डको साखोन नाखोन प्रान्तमा ती युवकको छिमेकी बन्न आइन् । सम्बन्धविच्छेद भइसकेकी ती महिलाको घरमा १० वर्ष अघि खेल्न जाने ति बालक अहिले जवान भएर उनैसँग विबाह गर्न राजी भएका छन् ।

वितिचाई १७ वर्षका पुगे तब जान्लाप्रति उनको आकर्षण बढेपछि उनीहरु विबाहका लागि तयार भएको बताइन्छ । वितिचाईले आफ्नो भावना व्यक्त गरेपछि यी दुई जोडीको रुपमा बस्न थाले ।

प्रतिक्रिया दिनुहोस