हतारमा आलियाले ब्लाउज उल्टो लगाइन्, परिन् ट्रोलर्सको निशानामा

एजेन्सी : आल‍िया भट्टको ट्रेड‍िशनल लुकलाई उनका फ्यान्सले असाध्यै मन पराउने गरेका छन्। तर यो पटक आल‍ियाले फेशन फ्लन्ट गर्दा उनको तारिफ हुनुको सट्टा ट्रोलर्सको निशानामा परेकी छिन्।

साथी अनुष्का रञ्जन कपूर र आदित्य सिलको सङ्गीत सेरेमनीमा पुगेकी आलिया भट्टले फंक्सनको लागि लाइम ग्रीन र पिङ्क लेहँगा लगाएकी थिईन्। यस लेहँगासँगै उनले ओपन ब्याक भएको क्रस नेक्ड ब्लाउज लगाएकी थिईन्। उनको यो ब्लाउज डिजाइन केहीलाई मन परेन र तिनले आलियाको नराम्ररी ट्रोल गरेका छन्।

सोशल मिडियामा भाइरल अनुष्का-आद‍ित्यको सङ्गीत सेरेमनीको एक भिडियोमा इन्टरनेट युजर्सले आलियाको ब्लाउजबारे एकदमै भद्दा टिप्पणी गरेका छन्। एक युजरले लेखेका छन् – ‘हतारमा उल्टो ब्लाउज लगायौँ हैन, बिचरी’ । एक अर्को युजरले लेखेका छन् – ‘आलिया भट्ट कहिले देखि उर्फी जावेद भईन्।’

एकले भने आजकल जति अङ्ग प्रदर्शन गरियो त्यहीँ नै फेशन बन्ने गरेको भन्दै असन्तुष्टि जनाएका छन्। खैर, आलिया भट्ट फेशनको कारण ट्रोल भएको यो पहिलोपटक भने होइन्। यसअघि पनि धेरैपटक आलिया ट्रोलर्सको निशानामा परिसकिन्।

प्रतिक्रिया दिनुहोस