आखिर किन आफ्नो हरेक शो मा आमालाई सँगै लिएर जान्छिन् कमेडियन भारती

भारतकै चर्चित कमेडियन भारती सिंहको संघर्षको कथा हामी सबैलाई राम्रो संग थाहा छ । उनले यो लेभल सम्म आईपुग्न कति दुःख झमेला ब्यहोरेकी छिन् त्यो हरेकका लागि एउटा मिसाइल बराबर हुन्छ । उनले आफ्नो जिवनको बिषयमा धेरै कुराहरु प्रकट गरिसकेकी छिन् । उनले अहिले आफ्नो बुवा देखी लिएर आफ्नो करियर सम्मको धेरै कुराहरु बताएकी छिन् ।

यस बेला उनको कहिल्यै नसुनेको कुरा बाहिर आएको छ । उनले आफ्नो करियरको सुरुवातमा कसरी आमालाई साथमा लिएर शो सम्म जाने गरेकी थिईन् त्यो पनि बताएकी छिन् । उनले आफ्नो शो मा आमालाई संगै लिएर जानुको पछाडी एउटा कारण लुकेको थियो । शो को बेला उनलाई कतिपय ब्यक्तिहरुले गलत तरिकाले छुने गरेका थिए ।

भारती सिंहले मनीष पाललाई दिएको अन्र्तबार्तामा आफ्नो जिवन संग जोडिएका कैयौ किस्साहरु खोलेकी छिन् । उनले यहि अन्र्तबार्ताका दौरानमा अर्काे रहस्य समेत खुलाएकी छिन् । आफु शो मा जाँदा कतिपयले उनलाई खराब तरिकाले छुने गरेको खुलाएकी छिन् । उनी त्यतिबेला यो कुरा बुझ्न सक्दिन थिईन् । उनलाई थाहा हुदैन थियो कि त्यतिबेला आफुमाथि के भईरहेको छ । पछि बुझ्न थालिन् र हरेक शो मा आफ्नी आमालाई लिएर जान थालिन् ।

हरेक ठाउँ उनकी आमा साथमा जाने गर्न थालिन् । त्यतिबेला भारतीको आमालाई अरुले भरोसा दिलाउँ थिए कि डराउनु पर्देन हामी छौ , हामी ख्याल राख्छौ । उनले अन्र्तबार्ताका क्रममा भनिन्– जो को–अर्डिनेटर्स तपाईलाई पैसा दिन्छ, तपाईको कमरमा हातले सुमसुमाउँछ । म जान्दछु कि त्यो राम्रो अनुभव हैन । उनी पहिलो एकदमै सोझी रहेको र यस्ता कुरा थाहा पाउने नगरेको उनले बताएकी छिन् । अहिले आफु यस्ता कुराको बिरोध गर्न सक्ने भए पनि पहिला बिरोध गर्न हिम्मत आउने नगरेको उनको भनाई छ ।

प्रतिक्रिया दिनुहोस