यी ४ ठाउँमा कालो कोठी भएका व्यक्तिसँग कहिलै हुँदैन धनको कमी

समुद्रशास्त्रमा व्यक्तिको शरीरका बारेमा निकै धेरै कुरा बताइएको छ। शरीरको अंगमा निसान, हत्केलाको रेखा, हाँस्नु मुस्कुराउनु आदीका बारेमा विस्तारमा बताइएको छ। जसमा कालो कोठीका बारेमा पनि उल्लेख गरिएको छ। समुद्रशास्त्रमा शरीरका यी ४ भागमा कालो कोठी हुनु निकै शुभ मानिन्छ।

१) समुद्रशास्त्रमा जुन व्यक्तिको पेटमा तिल छ, त्यसलाई अशुभ मानिन्छ। उक्त कोठीलाई दुर्भाग्यको सुचक मानिने गरिन्छ। यस्ता व्यक्ति भोजनका शौकिन हुने गर्दछन्। तर जुन व्यक्तिको नाभि वरीवरी कोठी छ भने त्यस्ता व्यक्तिलाई धन समृद्धीको प्राप्ति हुने गर्दछ। २) जुन व्यक्तिको पिठ्युमा कालो कोठी हुने गर्दछ, त्यस्ता व्यक्ति निकै रोमान्टिक र धनवान हुने गर्दछन्। यस्ता व्यक्तिले आफै कमाउने पनि गर्दछन् र खर्च पनि गर्ने खालका हुन्छन्।

३) जुन व्यक्तिको खुट्टाको औँठामा कोठी हुन्छ, त्यस्ता व्यक्ति समाजमा प्रतिष्ठित र सम्पन्न हुने गर्दछन्। ४) जुन व्यक्तिको निधारमा कोठी हुने गर्दछ, त्यस्ता व्यक्तिको दाम्पत्ति जीवन सुख हुने गर्दछ। र धन धान्यका लागि पनि निकै शुभ मानिन्छ।

यी ३ राशि भएका बुहारी, जसले नर्क जस्तो घरलाई बनाइदिन्छन् स्वर्ग सरह

विवाह महिला र पुरुषको मात्र मिलन नभई दुई परिवारको मिलन हो। वैवाहरिक सम्बन्ध सुखद भएमा मात्रै जीवन सुखद रुपमा अगाडी बढ्न सक्छ। जीवन साथी उत्कृष्ट परोस भन्ने हरेक पुरुषको चाहना हुनेछ भने परिवारले पनि उत्कृष्ट बुहारीको आशा राख्छ।ज्योतिष शास्त्रमा हरेक व्यक्तिको भविष्य कस्तो रहने बारे अड्कल लगाउने गरिन्छ। फरक-फरक राशिको आचरण, भाग्य र व्यवहार फरक हुने गर्छ। विवाहको सम्बन्धमा पनि राशी अनुसारको वैवहारिक सम्बन्ध साथै परिवाको निर्धारण रहने गर्दछ। ज्योतिषशास्त्रका अनुसार निम्न उल्लेखित राशि हुने युवतीहरु धेरै सफल र राम्रा बुहारी बन्न सक्छन्।

वृष राशी: वृष राशि हुने युवतीहरु धेरैनै समझदार हुन्छन्। आफ्नो मात्र खुशी मात्र नभई पूरै परिवारको खुशीलाई यस राशि हुनेहरु प्राथमिकतामा राख्छन्। अभावमा पनि चित्त बुजाउन सक्ने हुँदा परिवार माथि आइलाग्ने हरेक दुखमा वृष राशि हुने बुहारीहरुले साथ दिन्छन्। शहनशक्तिले भरिपूर्ण हुनाले पनि यस राशि हुने बुहारीहरु उत्कृष्ट मानिन्छन्। निर्णय लिने मामलामा पनि यस राशि हुनेहरु समझदार मानिन्छन्।

कन्या राशि: कन्या राशि हुने महिलाहरु शान्त स्वभावका हुन्छन्। कुनै पनि विषयमा छिट्टै प्रतिक्रिया जनाउँदैनन्। कलह देखि पनि कन्या राशिहुनेहरु टाढा रहन रुचाउँछन्। जसकारण बुहारीको रुपमा कन्या राशि हुने युवतीहरु उदाहरणनै बन्न सक्छन्। परिवारको हरेक कार्यमा आफ्नो सहभागिता जनाउने हुँदा परिवार खुशी रहन सक्छ। आर्थिक मामिलामा पनि कन्या राशि हुने बुहारीहरु बुद्धिमानी मानिन्छन्।

मीन राशि: मीन राशि हुने बुहारीहरु पनि उत्कृष्ट मानिन्छन्। उनीहरु आफू भन्दा पनि परिवारलाई प्राथमिकतामा राख्छन्। परिवारमा आइपर्ने दुख माथि उनीझरुको विशेष निगरानी रहने गर्छन् दुखको समयमा परिवारलाई उचित सल्लाह दिन्छन्। यति मात्र नभई उचित कदम चाल्न सक्ने समेत यस राशि हुने बुहारीहरुमा क्षमता हुन्छ। बाहिरी उकसाहटमा कुनै पनि कदम चाल्नु अगाडी धेरै सोच्ने हुँदा पनि मीन राशि हुने बुहारीहरु लक्ष्मी समान हुन्छन्।

प्रतिक्रिया दिनुहोस