यी ५ सुगाहरु जसका कारण चिडियाखाना भयो बदनाम !

सुगाले गाएको वा मानिसको भाषा बोलेको त सुन्नुभएकै होला । सुगा एउटा यस्तो पंक्षी हो जसले मानिसको भाषा बोल्न सक्दछ । तर मान्छेको भाषा बोल्ने लहडमा पाँचवटा सुगाले बेलायतको एउटा चिडियाखानाको नाक नै का’टि’दि’एका छन् ।

बेलायतमा एउटा अनौठो घटना भएको छ । त्यहाँको एक चिडियाखानामा रहेका पाँचवटा सुगाले अ’श्ली’ल श’ब्दहरुमा गा’ली ग’र्न था’लेप’छि त्यो चिडियाखाना नै ब’दना’म हुनपुग्यो । अन्ततः चिडियाखानाले ती सुगालाई त्यहाँबाट हटाउनु परेको छ ।

ती सुगाले चिडियाखानामा घुम्न आएका मानिसहरु तथा स-साना बच्चाहरुलाई अ’श्ली’ल श’ब्दमा गा’ली ग’र्द’थे । जसका कारण चिडियाखानालाई नै आपत् पर्‍यो । ती पाँचवटा सुगाहरु यसअघि केही समय एकसाथ क्वारेन्टाइनमा बसेका थिए । क्वारेन्टाइन सकेर आउँदा उनीहरुमा अ’श्ली’ल बोल्ने अनौठो हर्कत देखियो ।

बेलायतको लिं’कनशायर वन्यजन्तु पार्क नामक चिडियाखानामा यस्तो घटना भएको हो । अधिकारीहरुले एरिक, जेड, एल्सी, टाइसन र बिली नामका खैरो रङका ती पाँचवटा सुगालाई कारबाही गरेर हटाएका हुन् ।

चिडियाखानाले ती सुगालाई फरक फरक मानिसबाट लिएका थिए र सार्वजनिक प्रदर्शनमा राख्नु अगाडि केहीदिन एउटै पिन्जडामा क्वारेन्टाइनमा राखेका थिए । क्वारेन्टाइनपछि सारिएका ती सुँगाको बारेमा केही दिनमै मानिसहरुले चिडियाखानाका कर्मचारीहरुसँग गुनासो गर्न थाले ।

चिडियाखानाका कर्मचारीका अनुसार अनुसार सुरुमा त यी सुगाले एक आपसमा एक अर्कालाई गा’ ‘ली ग’र्दथे । तर त्यसपछि उनीहरुले चिडियाखानामा आउने आगन्तुकलाई पनि गा’ ‘ली गर्न सुरु गरे ।

चिडियाखानाका प्रमुख स्टिभ निकोल्सका अनुसार सुगाको अ ‘श्ली ल गा’ ‘लीका मानिसहरु हैरान थिए । खासगरी चिडियाखाना आउने बच्चाहरुलाई सुगाले अ’श्ली’ल गा’ली ग’र्ने गरेबाट चिडियाखाना थप चिन्तित भयो । सुगाको मुखबाट गा’ ली सुन्दा आगन्तुकहरु झनै हाँस्न थाल्दथे । मान्छेहरु जतिधेरै हाँस्थे सुगाहरुलाई अझै हौसला मिल्दो रहेछ र बढि भन्दा बढि गा ‘ली गर्ने गर्दथे ।

अधिकारीहरुका अनुसार क्वारेन्टाइनमा एक आपसमा राख्दा ती सुगाले एक अर्काबाटै अ’श्ली’ल बो’ल्न सिकेको हुनुपर्दछ । अब ती सुगालाई त्यहाँबाट हटाएर छुट्टाछ्ट्टै पिँजडामा राखिएको छ । यसरी छुट्टाछुट्टै राख्दा उनीहरुले अ’श्ली’ल गा’ली बि’र्सने विश्वास चिडियाखानाको छ । एजेन्सीहरुको सहयोगमा

प्रतिक्रिया दिनुहोस