बलुचिस्तानमा आन्दोलनकारीलाई रकम वितरण गरिएको मुख्यमन्त्रीको भिडियो सार्वजनिक

इस्लामावाद । पाकिस्तानको बलुचिस्तानमा आन्दोलनमा रहेको आन्दोलकारीहरुलाई मुख्यमन्त्री अब्दुल कुदुस बिजेन्जोले पैसा बाँडिरहेको भिडियो सार्वजनिक भएको हो। बलुचिस्तानको ग्वादर प्रान्तका स्थानीयहरु चीन पाकिस्तान आर्थिक करिडोरले आफ्नो जनजीविकामा नै असर गरेको भन्दै लामो समयदेखि आन्दोलनमा रहेका छन्।

उक्त आन्दोलनको नेतृत्व गरिरहेका मौलाना हिदयद उर रेहमान पनि उक्त भिडियोमा देखिएका छन्। उनले उक्त आन्दोलनलाई स्थगित गर्नका लागि उक्त रकम वितरण गरिएको बताइएको छ। उक्त रकम पाइसकेपछि उक्त आन्दोलनलाई स्थगित गर्ने घोषणा गरेका थिए।

तर, आन्दोलन स्थगित गर्ने घोषणा भएको केही समयपछि नै रकम वितरण भइरहेको भिडियो सार्वजनिक भएको थियो। आन्दोलनकारीहरुले मौलानाले आफ्नो जीवनमाथि खेलबाड गर्न लागेको र सत्तासँग मिलेर धोका दिएको भन्दै उनको आलोचना भइरहेको छ।

ग्वादरमा पिस्कन, जामरन, तुरबाद, पास्नी, बुलेडा र ओरमारालगायतका क्षेत्रबाट आन्दोलनकारीहरु जम्मा भएर आन्दोलन गरिरहेका छन्। उनीहरुले आफ्ना माग पूरा नभएसम्म धर्ना जारी राख्ने र सत्ताले यसरी आन्दोलनकारीहरुलाई भड्काउने प्रयास गरेमा थप कडा आन्दोलनहरु गर्नेसमेत बताएका छन्।

 

प्रतिक्रिया दिनुहोस