निर्दयी पिता जसले प्रेमिकाको आग्रहमा १५औं तलाबाट अबोध छोराछोरी फ्याँकेर हत्या गरे!

बेइजिङ। चीनमा हालै दुई बालबालिकालाई ठूलो भवनको ११औं तलाबाट फ्याँकेको आरोपमा एक जोडी पक्राउ परेका छन्। चीनको चोङकिङमा गत नोभेम्बर २ मा आफ्नै छोराछोरी भवनबाट खसालेर हत्या गरेपछि बालबालिकाका पिता र उनका प्रेमिका पक्राउ परेका हुन्।

डेलीमेलका अनुसार २ वर्षका झाङ रुईसु र १ वर्षका झाङ याङरुई घटनास्थलमै मृत भेटिएका थिए। अधिकारीहरुका अनुसार २७ वर्षका झाङ बो ये चेङचेन नामकी युवतीको प्रेममा थिए। तर उनले अर्काकी छोराछोरीलाई आफूले नस्वीकार्ने बताउँदै आएकी थिइन्।

उनले छोराछोरी अस्वीकार गर्ने र तिनीहरुबाट छुट्कारा पाएमात्र झाङसँग विवाह गर्ने बताएकी थिइन्। अन्ततः प्रेमिकाकै दबाबमा उनले आफ्नै छोराछोरीको हत्या गरेका हुन्।यद्यपी सो घटना भइसकेपछि झाङ रोइकराई गरिरहेका थिए। तर अनुसन्धानका क्रममा उनले छोराछोरी आफूले मारेको भनेर सुइको नपाउनु भनेर मात्र रोएको नाटक गरेको पुष्टि भएको छ।

प्रतिक्रिया दिनुहोस