बिहेमा भाइसँग नाँच्दा बहुलाले लगाए बेहुलीलाई थप्पड, त्यही बिहे तोडेर जन्तिसँग भागिन् बेहुली

काठमाडौं । विवाह भनेको दुई आत्माको मिलन हो । यो जीवनको सबैभन्दा राम्रो क्षण हो ।मानिसहरु खुशीले गाँठो बाँध्छन्, सात जन्म सँगै बाँच्ने र मर्ने वाचा गर्छन् । तर, तमिलनाडुमा सात फेरेअघि बेहुलीले दुलहासँग रिसाएर बिवाह तोडेर सोही दिन अर्को केटासँग बिहे गरिन् ।

कारण एक थप्पड मात्र हो । बेहुलीले आफ्नो भाईसँग नाचिरहेको कुरा दुलहालाई मन परेन् । आक्रोश यति बढ्यो कि दुलाहाले सबैका अगाडि बेहुलीलाई थप्पड हानेका हुन् ।सो घटनाबाट दुई परिवारबीच पनि तनाव बढ्यो । त्यसपछि सोही मितिमा अर्को केटासँग बिहे गरिन् । टाइम्स अफ इन्डियाको रिपोर्ट अनुसार यो घटना तमिलनाडुको कुड्डालोर जिल्लाको पनरुती क्षेत्रको हो ।

त्यहाँ विवाहको तयारी धुमधामका साथ चलिरहेको थियो । घरका सदस्यहरू दुलहा र दुलहीसँगै नाच्ने गर्थे ।बेहुली नाचिरहेकी थिइन्, तब उनका काकाका छोरा आएर दुलहीसँगै नाच्न थाले । जानकारी अनुसार नाच्दै गर्दा भाईले बेहुलीको काँधमा हात राखेपछि दुलहा रिसाए र दुलहीलाई थप्पड हानेका थिए ।

बेहुलीलाई थप्पड हानेपछि दुलही रिसाएकी थिइन् । रिसाएपछि दुलहीले बिहे तोडेर निर्धारित समयमा समारोहमा आएका अर्का केटासँग बिहे गरिन् ।यो खबर सामाजिक सञ्जालमा आगोझैँ फैलिरहेको छ । यो खबरलाई लिएर मानिसहरुले निकै प्रतिक्रिया दिइरहेका छन् ।

प्रतिक्रिया दिनुहोस