विश्वास…….

विश्वास :-एउटा गाउमा राम्रो घरआनाकि छोरि पुजा नामक एक युवति थिइन !सोहि गाउमा एउटा नरेश नेपालिको बसोबास थियो ।भएभरको धनसम्पत्ति र जग्गा जमीन खाएर बुबा बितेको पनि २ साल पुग्यो ।

सम्पत्तिको नाममा एउटा चुहिने घर मात्रै थियो नरेश सँग विदेश जान नखोजेको होइन थला परेकी आमा र दुइ भाइबहिनी लाइ छोड्न मन नमानेर विदेशी भएन ।
जसोतसो गरि एकछाक टार्न गाउँघरमै काम गरेर जोहो मिलाउथे देख्दा बाहिरी मान्छेले बडा दुख पायो नरेश बाबुले भन्थेतर मलाइ सुन्दा अच्चम लाग्थ्यो ।

किन दुख पाउनु र मैंले? अझै मलाइ त आफ्नो परिवारलाइ रेखदेख गर्ने सौभाग्य मिलेको छ ! सबैलाइ आकाश चुम्ने रहर कहा हुन्छ र महोदय यो माटोमा जन्मेर माटो मै बिलाउने पनिअथाहा छन अझै हामि गरीब हरुको त अरु बिकल्प नै छैन। १ रोटिले ४ परिवार सँगै बसि खानुको आनन्द ठुला भनाउदा मान्छेलाइ के थाहा !रहर भन्दा पनि हामिलाइ आफ्नो परिवारको स्थिति हेरेर जिउनु पर्छ र यसमै हामि खुसि हुन्छौ । यस्तै यस्तै कुरा सोचेर आफुलाइ बलियो बनाउथे ।

एक दिन बिहानै मेरो आमालाइ सास फेर्न गाह्रो भयो
मैंले गाउको स्वास्थ्य चौकिमा लगे तर अक्सिजनको सेलेन्डर नभएको कारण तुरुन्त शहर लैजाउ भनेपछि।भाइहरु लाइ दुइतिन दिनको खाना बनाएर , घरभित्र थुनेर आमालाइ ढोकामा हालि शहर तिर के बडदै थिए । भाइले भित्र बाट आवाज दिन्छ / दाइ आमालाइ चाडै निकोपारेर ल्याए है हाम्रो आमा बाहेक अरु कोहि छैन आमाले भन्नु हुन्थ्यो यसपालि मेला लाग्यो भने मलाइ पल्ला घरे काकिको छोराको जस्तो‌ स्विटर किन्दिन्छु रे,,,,,,

आमाले जहिले पनि ल्याइदिन्छु मात्रै भन्नुहुन्छ
तर यसपालि जसरी पनि किनिमाग्छु।(बिचार बच्चाहरु लाइ के थाहा आमाको पिडा)खैरमैंले हुन्छ हुन्छ यसपालि आमाले पक्कै किनिदिनु हुन्छ । र आफ्नो ख्याल गर्नु फर्किसकेपछि पहिले जस्तै हासी खुशी रहुला हामि भन्दै अगाडि पाइला सारेकरिब करिब गाउँबाट ३km टाढा के पुगेको थियौ ।सुरविर अंकलको छोरि पुजा आइन
पुजाले सबैकुरा बुझेपछि नरेश तिमि यो पौष माघको जाडोमा नत तिमि संग न्यानो लुगा छ नत साधन नै ___ यति भन्दा पुजाले मद्दत गर्ने इच्छा जगाइन र आफ्नो गाडि र केहि लुगा ल्याउन घर गैन!

मेरो एउटा फाटेको स्विटर थियो जाडो हुन्छ भनेर आमालाइ स्विटरले छोपे २/३ घन्टा भैसक्दापनि पुजा गाडि ल्याएर आइनन पुजा आफ्नो घरमा विभिन्न काममा ब्यस्त भएर हामिलाइ भुलिन भोलिपल्ट पुजा गाडि ल्याएर आइन नरेशको आमाको भने अक्सिजन र लुगा नभएर जाडोले मृत्यु भएको हुन्छ । पुजा त्यो देखेर ,omg भन्दै रुन थालिननरेशले भन्छ  किन रुएकि तिम्रो त बाउ आमा सबै कुरा छदै छ नि ?

रुने त मैले हो मेरो को छ अब दैलो भित्र पस्दा आमा खाना खानु कसलाइ भनु ? ति टुहुरा भाइबहिनी लाइ के भनेर चित्त बुझाइदिउ ?तिमि त घर गएर आमा भन्छौ ।मेरो त आमा भन्ने शब्द नै हरायो जब हामि सँग लगाउनको लागि केहि न्यानो कपडा थिएनतब म र मेरो आमा सँग चिसोसँग लडने मानसिक शक्ति थियो ।जब तपाइले हामिलाइ मद्दत गर्ने वाचा गर्नुभयो ।

हामि तपाइको बचनमा जोडिए र यसले हाम्रो मानसिक शक्तिलाइ मार्यो ।भन्दै धेरै ठुलो स्वरले रुन थाल्योउता आमाको पर्खाइमा टुहुरा भाइबहिनी हरुलाइ घरमा थुनेको
यता आमाको मृत्यु उफफफफ कलम रोक्छु है यो पछि लेख्न सकिन
Ending…..
यदि तपाइ आफ्नो बचन पुरा गर्न सक्नुहुन्न भने कसैलाई कुनै वचन नदिनुहोस् ।तपाइको लागि यो आवश्यक हुन सक्छ।तर कसैको लागि यो सबैथोक हुन्छ !नोट: यो कथा आ-आफ्नो तरिकाले लेखिएको‌ छ ।यसको मुख्य हकदार को हो थाहा भएन ।तर मैले आफ्नो शब्द सिर्जना गरेर सोहि कन्टेन्ट मा लेखेको छु।गल्ति भए माफ गर्नुहोला ।
Story written ;- Binod sony
यस्तै-यस्तै कथाहरु पढन चाहान्छु भने फेसबुकमा साथि बनाउनु होला ।

प्रतिक्रिया दिनुहोस