सांगीतिक क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउन सफल नायिका सारीका केसी र बसन्त थापाले कसे लगन गाठो ….

काठमाडौं – नेपाली सांगीतिक क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउन सफल नायिका हुन् सारिका केसी। वियोगान्त गीतमा अब्बल अभिनय गर्न सक्ने “क्वीन एक्ट्रेस”को रुपमा चिनिने सारिका अभिनित हजारों म्युजिक भिडियो बजारमा छन् । जसमध्ये अधिकांश म्युजिक भिडियो दर्शकले अत्याधिक रुचाएका छन् ।

यसैबीच, सारिका केसि र बसन्त थापाको अभिनय एउटा नयाँ भिडियो रिलिज भएको छ । चर्चित दोहोरी गायक एवम् सर्जक बसन्त थापाको सृर्जनामा रहेको मौलिक रत्यौली पन्चेबाजा गित ‘बालुमै’को म्युजिक भिडियो सार्वजनिक भएको छ । पछिल्लो समयको सांगितिक बजारमा नेपाली लोक गीत संगीत चर्चा परिचर्चामा रहेको छ ।

समस्त लोक दोहोरी गीत सबै दर्शक स्रोताको नजरमा लोकप्रिय भन्दै गएका छन् । कति गीतहरुले त करोड क्लव प्रवेश गरिसकेका छन् त कति गर्ने बालामा छन् । यसै सन्दर्भ बजारमा धेरै सर्जकले आफ्नो गीत दर्शक श्रोतामा पठाएका र कयौ माया पाएका छन् ।

लोक तथा दोहोरी क्षेत्रमा पछिल्लो समय एकपछि अर्को गरेर गीतहरु आउनेक्रम बढेको छ । मायाप्रेम र बिछोडले भरिएका गीतहरु दैनिकजसो बजारमा आईरहेका छन् । त्यसो त रमाईला, नचाउने किसीमका गीतहरुपनि बजारमा आईरहेका छन् तर बढिजसो मायाप्रेमका गीतहरु आउने गर्छन् कारण यस्ता गीतलाई दर्शकश्रोताले रुचाउछन् ।

नेपाली गीत संगीतको क्षेत्रमा एकपछी अर्को गर्दै निकै उत्कृष्ट गीत संगीत बजारमा आइरहेका छन् । सोहि क्रममा सर्बप्रिय गायक यवं सर्जक बसन्ता थापाको संगीत, लोकप्रिय गीतकार प्रल्हाद सुबेदिको शब्दमा गायिका सुनिता बुढा र रामप्रसाद पौडेलको स्वरमा सजिएको अत्यन्तै मिठो पन्जेबाजा गित बजारमा आएको छ ।

दिपक एम सिंहको उत्कृष्ट निर्देशनमा तयार पारिएको गितको म्युजिक भिडियोमा, करन चैसिरको छायांकन, नवीन घर्तिको सम्पादन रहेको भिडियोमा सारिका केसि र बसन्त थापाको अभिनय रहेको छ।बसन्त थापाको अफिसियल युटुब च्यानल बाट गित सार्बजनिक गरिएको हो।

प्रतिक्रिया दिनुहोस