दीपिकाको बोल्ड शीन रहेको ‘गहराइयाँ’ फिल्मको रोमान्टिक गीत सार्वजनिक, पति रणवीरले दिए यस्तो प्रतिकृया (भिडियो हेर्नु)

काठमाडौ,दीपिका पादुकोण, सिद्धान्त चतुर्वेदी र अनन्या पाण्डे स्टारर फिल्म ‘गहराइयां’को रोमान्टिक गीत ‘बेकाबू’ ‘भ्यालेन्टाइन डे’ (१४ फेब्रुअरी) अघि रिलिज भएको छ। दीपिकाले यो गीत सामाजिक सञ्जालमा फ्यानसँग सेयर पनि गरेकी छन्।गीतमा ओएएफएफ र सवेराको संगीत छ। सवेरा र शाल्मली खोलगडेको स्वर छ भने कौसर मुनिरका शब्द। शकुन बत्राले निर्देशन गरेको यो फिल्म यही फेब्रुअरी ११ मा ओटीटी प्लेटफर्ममा रिलिज हुँदै छ।

रणवीर सिंहको प्रतिक्रिया यस्तो छ
ुघेराइयाँु चाँडै ओटीटी प्लेटफर्ममा रिलिज हुने तयारीमा छ। ट्रेलरलाई दर्शकले मात्रै नभई स्टारहरुले पनि उत्कृष्ट भन्दै प्रतिक्रिया दिएका छन् । अब दीपिकाका श्रीमान् रणवीर सिंहले पनि यसबारे आफ्नो धारणा राखेका छन् । आफ्नो इन्स्टाग्राम अकाउन्टमा फिल्मको पोस्टर सेयर गर्दै रणवीरले लेखेका छन्, मूडी, से क्सी र तीव्र, घरेलु नोयर मलाई पनि साइन गर्नुहोस्। तपाईंहरू सबै मेरो मनपर्ने शकुन बत्रा, अनन्या पाण्डे, सिद्धान्त चतुर्वेदी, धैर्य करवा, नसीर द लिजेन्ड हुनुहुन्छ।

दीपिकालाई ट्याग गरेर यो कुरा लेखे
आफ्नो पोस्टमा दीपिकालाई ट्याग गर्दै रणवीरले लेखेका छन्, ‘मेरी बेबी गर्ल तिमी फेजिलियन बक्स जस्तो देखिन्छौ। रणवीरको पोस्टमा कमेन्ट गर्दै अनन्या पाण्डे, सिद्धान्त चतुर्वेदी र अमेजन प्राइम भिडियोले लेखेका छन्, ‘हामी तपाईको पोस्टको गहिराइ बुझ्छौं।भिडियो हेर्नु

प्रतिक्रिया दिनुहोस