दुनियाँको अनौठो नेपालमा : एक औँलाले मज्जाले हल्लाउन सकिने भिमकाय ढुंगो

काठमाडौं । विश्वमा अनेक रहस्य छन्, जस्लाई पत्याउन गाह्रो पर्छ । यस्तै नेपालमा रहेको एक रोचक कुरा पत्ता लागेको छ ।दोलखाको मेलुङ गाँपालिका–४ मा एक औँलाले मज्जाले हल्लाउन सकिने बडेमानको ढुङगो छ । गोठालाहरु यसमा चढेर मज्जाले हल्ली हल्ली खेल्छन् । तर लड्दैनन् ।

औंलाले हल्लाउन सकिने भएपछि त्यसको नामै ‘हल्लिने ढुङगा’ रहेको छ । यसलाई बूढापाकाहरुले दैविक शक्ति मान्ने गरेका छन् । कतिले अहिलेका प्राकृतिक चमत्कार पनि मान्छन् ।त्यसको पीढमा पनि बडेमानको अर्को ढुङगो छ । तल्लो माटोको भागमा गाडिएको छ भने माथिको ढुंगो त्यसमाथि अडिएको छ ।

तल्लोको चुचो माथिल्लोको करिब डेढ फुट खोपुवामा मिलेर बसेको छ । त्यसकारण यो मज्जाले हल्लिन्छ तर खोपुवा भएकाले यताउति हुँदैन । सन्तुलन रहेकाले आप्mनै घाटमा चलिरहन्छ ।ढुंगाको नजिक कोइराला बोट, गैराटोल बस्ती छन् । गाउँको बुद्धचोकबाट पन्ध्र बीस मिनेटको पैदल पुगिन्छ । गाउँपालिका प्रमुख नरबहादुर श्रेष्ठकाअनुसार अचम्मको र मनोन्जनात्मक हल्लिने ढुङगा प्रचार प्रसारको कमीले छायाँमा परेको छ ।
यो पनि:-अनिन्द्राको समस्याले सताउँछ ? उसोभए फलो गर्नुहोस् यस्ता टिप्स
काठमाडौँ । उमेर बढ्दै जाँदा निन्द्रा नलाग्ने समस्या बढ्न थाल्छ । जसका कारण धेरै प्रकारका स्वास्थ्य सम्बन्धी समस्याहरु देखिन सक्छन् । जसका कारण शरीरमा उर्जाको कमी महसुस हुन्छ। यसका साथै पाचन प्रणालीमा गडबडी र घबराहट जस्ता समस्या पनि आउन थाल्छ ।यस बाहेक राती राम्ररी सुत्न नसक्ने कारणले पनि दिनमा हाम्रो दैनिक कार्यमा ध्यान केन्द्रित गर्न समस्या हुन सक्छ। समग्रमा निद्राको कमीका कारण हाम्रो मस्तिष्कले राम्रोसँग काम गर्न सक्दैन। त्यसैले निद्रा नलाग्ने समस्याबाट छुटकारा पाउन हामीले केही उपाय अपनाउनु पर्छ ।

यसका लागि ध्यान र योगका साथसाथै सही खानपानमा पनि विशेष ध्यान दिनुपर्छ ।मानिसलाई २४ घण्टामा कम्तीमा आठ घण्टा सुत्न आवश्यक हुन्छ । यो भन्दा कम सुत्दा धेरै समस्या देखिन थाल्छ र उमेर बढ्दै जाँदा यो समस्या झनै बढ्छ । त्यसोभए जानौं केही यस्ता उपायहरू जसबाट हामी निद्रा नलाग्ने समस्याबाट मुक्ति पाउन सक्छौं।

अनिद्राबाट बच्न के गर्ने ?
व्यायाम:-दैनिक हिड्ने र व्यायाम गर्ने बानी बसाल्नुहोस्। यसले तपाईंलाई राम्रोसँग निन्द्रा दिन्छ, तर रातको समयमा कुनै पनि प्रकारको व्यायाम नगर्नुहोस् ।जंक फूडबाट बच्नुहोस्:-जंक फूडको सेवनले पनि निद्रामा बाधा पुर्‍याउँछ। तसर्थ, धेरै भुटेको चीजहरू र जंक फूडहरू नखानुहोस्। यसो गर्दा तपाईलाई राम्रोसँग निद्रा लाग्नेछ।

क्याफिनयुक्त चिज नखानुहोस्:-चिया वा कफी जस्ता क्याफिनयुक्त चीजहरूले तपाईको निद्रालाई खलबल पार्ने गर्दछ । त्यसैले यस्ता वस्तुको सेवन नगर्नुहोस् । विशेष गरी सुत्नुभन्दा एक वा दुई घण्टा अगाडि यी चिज नखानुहोस् । यो बानीले तपाईंलाई राम्रो निद्रामा मद्दत गर्छ।सुत्नुअघि ग्याजेटबाट टाढा रहनुहोस्:-तपाईंको निद्रा मोबाइल वा ल्यापटप वा अन्य ग्याजेटहरूले नपुग्न सक्छ । मोबाइल आदिबाट निस्कने प्रकाशले हाम्रो आँखाको निद्रा खोस्छ । त्यसैले सुत्नुअघि यी ग्याजेटहरूबाट टाढा रहनुहोस् ताकि तपाईंको निद्राको गुणस्तर राम्रो होस्।

कोठा अँध्यारो र सुत्नको लागि उपयुक्त तापक्रम राख्नुहोस्:-प्रकाशले हामीलाई उठिरहन बाध्य बनाउँछ । कोठाको तापक्रमले पनि यसमा महत्त्वपूर्ण भूमिका खेल्छ। त्यसैले सुत्नुअघि यी कुरामा ध्यान दिनुहोस् ताकि तपाईलाई राम्रो निद्रा लागोस् ।

योगा र ध्यान:-योगा गर्दा गहिरो सास लिनुहोस् र ध्यान गर्नुहोस्। आफ्नो ध्यान सास मा मात्र राख्नु राम्रो हुनेछ। यसलाई योगशास्त्रमा विपश्यना भनिन्छ। योगा र ध्यान गर्नाले तपाईंलाई राम्रो निद्रा प्राप्त गर्न धेरै प्रभावकारी हुन्छ । त्यसैले, आफ्नो निद्राको गुणस्तर सुधार गर्न, योग र ध्यान जस्ता गतिविधिहरू गरिरहनुहोस्।

प्रतिक्रिया दिनुहोस