पाकिस्तानी अर्थमन्त्रीले आईएमएफ र अन्य राष्ट्रहरूसँग भिख’ माग्नबाट जोगिनु पर्ने बताए तर इमरान खानको ओलम्पिक बेलाको भ्रमण “पदकको लागि नभई ऋण लागि

कराँची [पाकिस्तान] (एएनआई(sad) पाकिस्तानका अर्थमन्त्री शौकत तारिनले शनिबार अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) र अन्य राष्ट्रहरूबाट ऋणको लागि “भिख माग्न” नपर्ने गरी पाकिस्तानको अर्थतन्त्रलाई पुनर्जीवित गर्ने आवश्यकतामा जोड दिएका छ्न।

“हामी बारम्बार आईएमएफ र अन्य देशहरूमा ऋण माग्न जानेको चक्रबाट बाहिर निस्कन चाहन्छौं,” मन्त्रीले कराँची चेम्बर अफ कमर्स एण्ड इन्डस्ट्रिजमा काम्याब जवान मरकजको उद्घाटन गर्दै भनेको एक्सप्रेस ट्रिब्यूनले बताएको छ। “200 मिलियन भन्दा बढी जनसंख्या भएको देश – पाकिस्तानलाई आफ्नो अर्थतन्त्र सुधार गर्न केही कठोर कदमहरू आवश्यक छ,” थप्दै उनले भने।

सम्बोधनमा उनले मुलुकमा ३० लाख जनताले मात्रै कर तिरेको बताए । ती तीस लाखमध्ये दश लाखले कर छल्ने भएकोले २० लाखले मात्र कर तिर्छन् भन्ने समाचारपत्रले जनाएको छ।

मन्त्री खानले बताए कि प्रधानमन्त्री इमरान खानले आफ्नो चीन भ्रमणमा चिनियाँ कम्पनीहरु ल्याएर देशको आर्थिक क्षेत्र बढाउन बधाउने बताए।
पश्चिमले पाकिस्तानलाई बेवास्ता गरिरहँदा पछिल्लो दुई वर्षमा पहिलो पटक इमरान खानको चीन भ्रमणले पाकिस्तानको चिन माथिको वित्तीय निर्भरतालाई देखाउछ । इमरान खान सरकारको

सेफ डिपोजिट भनेर चिनिने चीनको स्टेट एडमिनिस्ट्रेशन अफ फॉरेन एक्सचेन्जमा ३ अर्ब अमेरिकी डलरको अर्को ऋण स्वीकृत गर्न चीनलाई अनुरोध गर्ने विचार गरिरहेको छ। उनको चीन भ्रमणले पाकिस्तानलाई आवश्यक पर्ने अति आवश्यक रकम चीनले उपलब्ध गराएको छ कि छैन भन्ने विषयमा धेरै प्रश्न हरु उठेका छन्।

तथापि दुवै सरकार यस विषयमा एकमत छन् र एक विश्लेषकले इमरान खानलाइ चीन ओलम्पिकमा “पदक नभई ऋण खोज्दै” गएको टिप्पणी गरे।

चीन र पाकिस्तानको अर्थव्यवस्था र चीन-पाक सम्बन्धबीचको ठुलो भिन्नताले चिनियाँहरूलाई स्थानीय उद्यमहरूको लागतमा पाकिस्तानी बजारको अन्वेषण र कब्जा गर्न सुसज्जित गरेको छ। (ANI)

प्रतिक्रिया दिनुहोस