बलिउड नायिका शिल्पा सहित बहिनी शमिता र आमाविरुद्ध पनि पर्यो मुद्धा

काठमाडौँ,बलिउड अभिनेत्री शिल्पा शेट्टी फेरी एक पटक आपतमा परेकी छिन् । शिल्पा उनकी आमा सुन्दा शेट्टी र बहिनी शमिता शेट्टीविरुद्ध एक व्यापारीले २१ लाख रुपैयाँ ऋण नतिरेको भन्दै अदालतमा मुद्दा दायर गरेसँगै उनीहरु समस्यामा परेका हुन् ।

समाचार एजेन्सी एएनआईका अनुसार एक अटोमोबाइल एजेन्सीका मालिकले तीनैजनालाई २१ लाख रुपैयाँ ठगी गरेको भन्दै उजुरी दिएका थिए । शिल्पाका दिवंगत बुवाले २१ लाख रुपैयाँ ऋण लिएको व्यवसायीले दाबी गरेका छन् । सन् २०१७ को जनवरीसम्ममा उनले व्याजसहित पूरै रकम बुझाउनुपर्ने सम्झौतामा उल्लेख छ । तर उनले ऋणको पैसा नबुझाएको आरोप छ ।

शिल्पा शेट्टी, बहिनी शमिता र आमा सुन्दाले सन् २०१५ मा उनका बुवा सुरेन्द्र शेट्टीले वार्षिक १८ प्रतिशत ब्याजमा लिएको ऋण तिर्न असफल भएको पनि उजुरीकर्ताले दाबी गरेका छन् । सुरेन्द्रको कम्पनीको नाममा चेक जारी भएको बताइएको छ । यसअघि पति राज कुन्द्राका कारण समस्यामा परेकी शिल्पाले यो समस्या कसरी पार लगाउलिन् त्यो भने हेर्न बाँकी नै छ ।

प्रतिक्रिया दिनुहोस