गुडिरहेको कार पुलबाट खस्दा यसरी बच्यो पाँच जना यात्रुको ज्यान

धनुषा जिल्लाको बसही पुलबाट कार खोलामा खसी दुर्घटना भएको छ। मिथिला नगरपालिकाअन्तर्गत ढल्केवर नक्टाझिजनेरमा प्र २- ०२-००१ च ९४९ नम्बरको कार दुर्घटना भएको हो।

उक्त कार दुर्घटनामा मानवीय क्षति भने नभएको प्रहरीले जानकारी दिएको छ। कार भने क्षतिग्रस्त भएको छ। एयर ब्याग सिस्टम भएको कार भएको हुनाले ठूलो दुर्घटना हुनबाट जोगिएको समेत प्रहरीले जानकारी दिएको छ।

कारमा पाँच जना सवार रहेका मध्ये १ जना भने सामान्य घाइते भएको प्रहरीले जानकारी दिएको छ। कार चालक जनकपुर-४ का २० वर्षको कृष्ण चौधरी घाइते भएका छन्। जनकपुरको गोदावरी अस्पतालमा उनको उपचार भइरहेको प्रहरीले बताएको छ । अन्य चार भने सुरक्षित रहेका छन्।

यो पुल ३-४ वर्षदेखि निर्माणाधीन छ। ढिलो र सुस्त गतिमा पुल निर्माणको काम भइरहेको र त्यहाँ कुनै पनि सुरक्षा मापदण्डको व्यवस्था मिलाइएको छैन।

प्रतिक्रिया दिनुहोस