छोरीको काखमा अन्तिम सास लिएका थिए बप्पी लहरीले , बुवाको पार्थिव शरिर देखेर छोरी बेहोस

एजेन्सी, बरिष्ठ गायक बप्पी लाहिरीको हिजो निधन भएको छ । उनको अन्तिम संस्कार आज बिहान विले पार्ले श्मशान गृहमा गरिने छ। बप्पी लाहिरीको मंगलबार राति ११ः४५ बजे निधन भएको हो । जब उनलाई अस्पताल ल्याइएको थियो, उनको फोक्सोमा संक्रमण थियो र लामो समयसम्म राम्ररी सुत्न सकेका थिएनन् । बप्पी दाले छोरी रीमाको काखमा अन्तिम सास लिएको बताइएको छ ।

रीमा बुवाको शव नजिकै रोइन्
बाबुको शव देखेर बप्पी लाहिरीकी छोरीको होश हराएको छ । उनको परिवारले उनलाई हेरचाह गरिहरेको छ । यो भावुक तस्बिर सामाजिक सञ्जालमा निकै भाइरल भइरहेको छ ।

परिवारले जारी गरेको विज्ञप्ति
बप्पीको परिवारले आधिकारिक विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘यो हाम्रा लागि निकै दुखद क्षण हो । हाम्रो प्यारो बप्पी दा हिजो राती स्वर्ग जानु भयो । छोरा बप्पा विदेशबाट फर्किएपछि बिहान अन्त्येष्टि गरिने छ । हामी उहाँको आत्माको लागि माया र आशीर्वाद खोजिरहेका छौं। हामी तपाईंलाई अपडेट राख्नेछौं।

बप्पी लाहिरीको स्वास्थ्य बिग्रिएपछि मंगलबार अस्पताल भर्ना गरिएको थियो । चिकित्सकका अनुसार बप्पी लाहिरीको अबस्ट्रक्टिव स्लीप एपनिया (ओएसए) का कारण निधन भएको हो । परिवार, साथीभाइ, कलाकार देखि बिगविगसम्म बप्पी लाहिरी अन्तिम पटक देखिएका थिए ।

प्रतिक्रिया दिनुहोस