काठमाडौंको नयाँ बजारबाट पक्राउ परे अन्ततः यो डरलाग्दो ग्रुप, काम नै यस्तो गर्थे

काठमाडौं,काठमाडौं महानगरपालिका–१६ नयाँ बजार मेडिकल चोक एरियाबाट एक हजार दरका दुई सय ९४ थान नक्कली नेपाली नोट सहित ४ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।पक्राउ पर्नेहरुमा रौतहट गौर नगरपालिका–१२ घर भएका २८ वर्षीय पृथ्वी प्रसाद साह, रौतहट राजपुर नगरपालिका–३ घर भएका २७ वर्षीय मोहम्मद मुसरफ अली, रौतहट राजपुर नगरपालिका–६ घर भएका ३० वर्षीय असरफ अली सहिद र रौतहट गौर नगरपालिका–९ घर भएका २८ वर्षीय महमद शम्साद आलम रहेका छन् ।

उक्त स्थानमा नक्कली नोटको अवैध कारोबार भइरहेको भन्ने सूचनाको आधारमा महानगरीय अपराध महाशाखाबाट खटिएको प्रहरीले उक्त परिमाणको नक्कली नेपाली नोट सहित फेला पारी उनीहरुलाई पक्राउ गरेको हो ।यस सम्बन्धमा थप अनुसन्धान भइरहेको उक्त महाशाखाले जनाएको छ ।

घटना विवरण :मिति २०७८/११/०४ गते दिउँसो अ १५:०० बजेको समयमा जिल्ला काठमाण्डौ महानगरपालिका वडा नं.१६ नयाँ बजार मेडिकल चोक एरियामा केहि ब्यक्तिहरुले नेपाली नक्कली नोटको अबैध कारोबार गरिरहेको भन्ने गोप्य सूचनाको आधारमा यस महाशाखाबाट खटि गएको बिषेश प्रहरी टोलीले उक्त स्थानबाट हजार दरका २९४(दुई सय चौरानब्बे) थानको २,९४,०००।–(दुई लाख चौरानब्बे हजार) नक्कली नेपाली नोट सहित निम्न मानिसहरुलाई पक्राउ गरी आवश्यक अनुसन्धान कार्य भई रहेको ।

पक्राउ परेका ब्यक्तिहरु-१.जिल्ला रौतहट गौर न.पा.१२ घर भई हाल काठमाण्डौ नयाँ बजार बस्ने बिन्देश्वर प्रसादको छोरा बर्ष २८ को पृथ्वी प्रसाद साह ।
२.जिल्ला रौतहट राजपुर न.पा.३ घर भई हाल काठमाण्डौ नयाँ बजार बस्ने अकबर अलीको छोरा बर्ष २७ को मोहम्मद मुसरफ अली ।
३.जिल्ला रौतहट राजपुर न.पा.६ घर भई हाल काठमाण्डौ नयाँ बजार बस्ने शेख अलीका छोरा बर्ष ३० को असरफ अली सहिद ।
४.जिल्ला रौतहट गौर न.पा.९ घर भई हाल काठमाण्डौ नयाँ बजार बस्ने शेख नशरुलका छोरा बर्ष २८ को महमद शम्साद आलम ।

बरामद भएको सामानको बिवरण:
झ/७३ – ६३६७०३ नम्बरको नक्कली नेपाली नोट थान ५५,झ/८३ – ६१३६७५ नम्बरको नक्कली नेपाली नोट थान ५४,झ/७३ – ६३६७०२ नम्बरको नक्कली नेपाली नोट थान ४९,झ/३६ – ५३०६६० नम्बरको नक्कली नेपाली नोट थान ४३,झ/१६ – ७६१४४४ नम्बरको नक्कली नेपाली नोट थान ४३,झ/७६ – ५५२४५१ नम्बरको नक्कली नेपाली नोट थान ४३,झ/६४ – ५५३६२२ नम्बरको नक्कली नेपाली नोट थान ४,झ/६४ – ५५३६८८ नम्बरको नक्कली नेपाली नोट थान १,छ/६४ – ५५३६८७ नम्बरको नक्कली नेपाली नोट थान १,छ/६४ – ५५३६९२ नम्बरको, नक्कली नेपाली नोट थान १,मिति २०७८/११/०४ गते

प्रतिक्रिया दिनुहोस