कलाकार जयनन्द लामाको निधनपछि कलाकार दिपकराजले भने : ‘मेरो सपना अधुरै रहयो’

काठमाडौँ, चर्चित कलाकार तथा वरिष्ठ लोकदोहोरी गायक जयनन्द लामाको निधनले नेपाली कला क्षेत्र र सांगीतिक क्षेत्र गहिरो शोकमा डुबेको छ । कलाकार लामाको आज बिहाहन भक्तपुरस्थित कौशलटारमा निधन भएको परिवारजनले जानकारी दिएको छ ।

उनी सिन्धुपाल्चोक बाह्रविसे नगरपालिका(२ धार्पाका स्थायी बासिन्दा हुन् । पाँच दशकअघि गायन यात्रा सुरू गरेका लामा ख्यातिप्राप्त लोकगायक, संकलक, अभिनेता, निर्माता तथा निर्देशक हुन् ।लामा पछिल्लो समय हाँस्य शृखला हल्का रमाइलोमा देखिँदै आएका थिए । उनको निधनसँगै हल्का रमाइलोका निर्देशक तथा कलाकार बल्छि ध्रुबेले स्टाटस लेख्दै श्रद्धान्जली व्यक्त गरेका छन् ।

त्यस्तै निर्माता, निर्देशक तथा हाँस्य कलाकार दीपकराज गिरीले पनि लामाको सम्झनामा भावविह्वल हुने स्टाटस लेखेका छन् ।दीपकले लामासँग छक्का पन्जा ४ मा काम गर्ने आफ्नो इच्छा अधुरो भएको समेत स्टाटसमा लेखेका छन् । पढ्नुहोस् दीपकको स्टाटस जस्ताको त्यस्तै,

प्रतिक्रिया दिनुहोस