हेलिकोप्टरको हावाले भत्कायो विद्यालयको पर्खाल

काठमाडौं, कुनै पनि पर्खाल कतिसम्म कमजोर हुनसक्छ । सामान्यतया हावाहुरी छल्न सक्ने पर्खाल बनाइन्छ ।बाढी रोक्नका लागि पनि पर्खाल बनाउने गरिएको छ । तर हेलिकोप्टरको हावाले एक पर्खाल भत्कियो भन्दा पत्याउनुहुन्छ ।

तर यो सत्य खबर हो । यो घटना नेपालको नभई भारतको हो ।भारत, उत्तर प्रदेशको बलियामा यस्तो घटना देखिएको हो । सत्तारुढ दल भारतीय जनता पार्टी (भाजपा) अध्यक्ष जेपी नड्डाको हेलिकप्टरले विद्यालयको पर्खाल भत्काएको हो । तर ठूलो दुर्घटना हुनबाट बचेको छ ।

कुनै मानवीय क्षति नभएको भारतीय सञ्चारमाध्यमहरुले जानकारी दिएका छन् । उत्तर प्रदेशमा विभिन्न चरणहरूमा उत्तर प्रदेश विधान सभा चुनाव भइरहेको छ । १० फेब्रअरीदेखि सुरु भएको निर्वाचन १० मार्चसम्म चल्ने छ ।

अहिले सत्तामा रहेको भाजपा योगी सरकारको पालामा यस्ता भौतिक संरचना निर्माण भएको भन्दै आलोचना भइरहेको छ । सामाजिक सञ्जालमा भाइरल बनेको भिडियो तपाईं पनि हेर्नुहोस्

प्रतिक्रिया दिनुहोस