प्रभासले घरवाट ल्याइदिए अमिताभका लागि यस्तो चिज, अमिताभ भए निकै खुशी

एजेन्सी, अहिले अमिताभ बच्चन बाहुबली कलाकार प्रभाससँग आफ्नो नयाँ फिल्म को छायाँकनमा व्यस्त छन् । ‘प्रोजेक्ट के’ नामको यो फिल्ममा यी दुई पहिलो पटक सँगै देखिन लागेका हुन् । अमिताभ र प्रभासको अनस्क्रिन केमेस्ट्री थाहा छैन तर दुबैको अफस्क्रिन केमेस्ट्री निकै राम्रो बनेको छ । प्रभासले अमिताभ बच्चनको मन जितेका छन् । बिग बीले ट्विट गर्दै यसबारे जानकारी दिएका छन् ।

बलिउडका महानायक अमिताभ बच्चन ट्विटरमा निकै सक्रिय छन् । उनी आफ्नो जीवनसँग जोडिएको कुरा मात्रै सेयर गर्दैनन्, सह–कलाकारको प्रशंसा गर्न पनि पछि पर्दैनन् । अब बिग बीले प्रभासले उनलाई घरमै बनेको स्वादिष्ट खाना खुवाउने गरेको बताए । योसँगै उनीहरुको तारिफका पुलहरु पनि बनिरहेका छन् । प्रभासको यो स्टाइलबाट अमिताभ निकै प्रभावित भएका छन् ।

बिग बीले ट्वीटमा लेखेका छन्, ‘बाहुबली’ प्रभास।। तपाईको उदारता अतुलनीय छ।। तपाईले मलाई घरमा पकाएको खाना ल्याउनुहुन्छ।। जुन धेरै स्वादिष्ट छ।। तपाईले मलाई यति धेरै खाना पठाउनुहुन्छ कि त्यसले सेनाको पेट भर्न सक्छ। । विशेष कुकी, जो अद्भुत छ। अनि तिम्रो प्रशंसा म पचाउन सक्दिन।

पहिलो दिन छायाँकन पछि तारिफ भयो – पहिलो दिन सँगै छायाँकन गरेपछि प्रभास र अमिताभ बच्चनले सामाजिक सञ्जालमा एकअर्काको तारिफ गर्दै पोस्ट लेखेका थिए । अमिताभले प्रभासलाई प्रतिभाशाली भनेका थिए र प्रभासले अमिताभसँग काम गरेपछि आफ्नो सपना पूरा भएको बताएका थिए ।

यी फिल्ममा बिग बी देखिनेछन् – ‘प्रोजेक्ट के’ को कुरा गर्ने हो भने यसमा प्रभास र अमिताभसँगै दीपिका पादुकोण देखिनेछिन् । यो फिल्मलाई निर्देशक नाग अश्विनले बताइरहेका छन् । यो भारतमा बन्ने सबैभन्दा महँगो फिल्म हो। ‘प्रोजेक्ट के’ बाहेक अमिताभ बच्चनसँग गुडबाय, ब्रह्मास्त्र, रनवे ३४ जस्ता राम्रा फिल्म छन् । उनको फिल्म झुण्ड पनि मार्च ४ मा रिलिज हुने तयारीमा छ ।

प्रतिक्रिया दिनुहोस