पल-समीक्षा प्रकरणबारे गायक शिव परियार भन्छन् – ‘समग्र कलाकार कै नाक काटियो’

काठमाडौं, चर्चित गायक शिव परियारले पल शाह र समीक्षा अधिकारीको विवादले समग्र कलाकार कै नाक काटिएको बताएका छन् । बिहिबार सामाजिक सञ्जालमार्फत गायक परियारले सो कुरा गरेका हुन् ।

समाजमा स्थापित कलाकारको यो घटना पढिरहनु पर्दा दुख लागेको बताएका छन्। उनले यो घटनाले कलाकारिता भन्ने गहन अर्थ बोकेको विधालाई सधैं यो समाजले नाँच्ने गाउने पेशा राम्रो हैन भनेर बुझेको स्मरण गराएका छन् ।

उनले लेखेका छन् – ‘घटना नाङ्गो भएर सतहमा आउँदा अहिले एउटा पक्ष खुशिले गद गद होला, एउटा पक्ष दुखाईले भत्त भति होला । तर समग्रमा भन्दा यो सारा कुराले चैं समाजको नजरमा हाम्रो संगीत उधोग र चलचित्र उधोग र तपाँई हामि समग्र कलाकार कै नाक काटिएको छ है ।

कलाहरुको पनि कला ललित कला त्यो भित्रको पनि उत्कृष्ट कला संगीतकलाको क्षेत्रमा काम गरेर समाजमा उभिएका र कला क्षेत्र राम्रो हो भनेर समाजमा स्थापित गरेका कलाकारको यो घटना पढिरहनु पर्दा दुख लागेको छ । ‘कलाकारिता’ भन्ने गहन अर्थ बोकेको बिधालाई सधैं यो समाजले नाँच्ने गाउने पेशा राम्रो हैन भनेर बुझेको थियो, यो बुझाईलाई यो घटनाले थप पुष्टि गरेको छ । खै के भनौं यस्तो सबै नभई दिएको भए हुने थियो ।’

तनहुँमा पलविरुद्ध जबरजस्ती करणीसम्बन्धी कसूरमा गायिका अधिकारीले किटानी जाहेरी दर्ता गराएकी छिन् । पलले भने आफू दोषी भएमा कानुन बमोजिम सजाय भाग्न तयार रहेको पनि बताएका छन् ।

प्रतिक्रिया दिनुहोस