यसरी पुगे पल शाह जिल्ला प्रहरी कार्यालय तनहुँ (भिडियो सहित)

काठमाडौं,पल शाह पक्राउ परेका छन् । जिप्रका तनहुँको प्रहरीले उनलाई आज पक्राउ गरेको हो ।पलविरुद्ध जिप्रका तनहुँमा नाबालिगमाथि कर णीको जाहेरी परेको थियो । जाहेरी परेयता उनी फ’रा’र बनेका थिए । आज उनले आफैं प्रहरीमा उपस्थित हुने भन्दै फेसबुकमा स्टाटस हालेका थिए । सोहि अनुसार उनि आफै जिप्रका तनहुँमा उपस्थित भएका हुन्।

सामाजिक सन्जाल फेसबुकमा आफ्नो स्वास्थ्य बिग्रिएको र घरेलु व्यवहार मिलाउन परेकाले आफू केही दिन हराएको बताएका छन् ।प्रदर्शनमा आएको आफ्नो फिल्म ‘म यस्तो गीत गाउँछु–२’ लाई प्रभाव नपरोस् भन्ने हेतुले यसअघि प्रहरीमा उपस्थित हुन नसकेको भन्दै माफी समेत मागेका छन्।

‘मेरो आफ्नो स्वास्थ्य स्थिति बिग्रिएको हुनाले साथै घरको सबै घरव्यवहार मिलाउनु परेकाले र मेरो फिल्म ‘म यस्तो गीत गाउँछु २’ गत शुक्रबारदेखि नेपालभर प्रदर्शन भएका कारण फिल्मलाई असर नपरोस भनी म प्रहरीसामू उपस्थित हुन नसकेकोमा माफी माग्न चाहन्छु। नेपालको कानुनलाई सम्मान गर्दै आज (आइतबार) नेपाल प्रहरीसामु म आफैं उपस्थित हुने जानकारी सम्पूर्णमा दिन चाहन्छु,’ उनले फेसबुकमा लेखेका थिए।’

पल आज पक्राउ परेको तनहुँ प्रहरीले पुष्टि गरेको छ । स्रोतकाअनुसार पलले आफूलाई काठमाडौंमा पक्राउ नगर्न आग्रह गरेका थिए । काठमाडौंमा युट्यूवरले त’मा’सा गर्ने भएकाले पलले जाहेरीस्थल जिप्रका तनहुँमै पक्राउ दिन चाहेको स्रोतको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस