पल शाह र नायिका पुजा शर्माको फिल्म “म यस्तो गीत गाउछु २” ले तहल्का मच्चायो, फिल्मले दुई दिनमा१ करोड ,८० लाख कलेक्सन गरेको दाबी..

अभिनेता पल शाह र पुजा शर्मा अभिनित फिल्म ‘ म यस्तो गीत गाउँछु २’ ले दुई दिन मा राम्रो ब्यापार गरेको छ । । फागुन १३ गतेबाट प्रदर्शनमा आएको यस फिल्म अहिले पनि नेपाल भर लागी रहेको छ्, ।फिल्म सफलताअका साथ चलिरहेको बेलामा यस फिल्मका अभिनेता पल शाहको नाबालिक गायिकासँगको करणी आरोप लागेका कारण अहिले प्रहरी हिरा सत मा छन।

पुजा शर्माले खुशी हुँदै २ दिनमा फिल्मले गरेको ब्यापार सार्बजनिक गरेकी छिन्, २ दिनमा नायिका शर्माका अनुसार फिल्म ले १ करोड , ८० लाख कलेक्सन गरेको दाबी गरेकी छिन।हाल यस फिल्मका नायक भने सम्मानित जिल्ला अदालत तनहुँ बाट ७ दिनको म्याद थपी अनुसन्धान का लागी हिरासतमा छन , उहालाई एक नाबालिका गयिकाले जबर्जस्ती करणी गरेको आरोप लगाएकी छिन ।

याे पनि,काठमाडौँमा दूधको गाडी र बसमा तोडफोड, ६ जना बन्दकर्ता पक्राउ
मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) सम्झौता संसदबाट अनुमोदन भएको विरोधमा ६ वटा कम्युनिष्ट संगठन र दुईवटा मोर्चाले बन्दको आह्वान गरेका छन् । सोमबार बन्द गराउन हिँडेका ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । बन्दकर्ताहरुलाई विभिन्न ठाउँबाट पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता (एसपी) दिनेशराज मैनालीले रातोपाटीलाई बताए ।

बन्दकर्ताले सुकेधारामा दूधको गाडी तोडफोड गरेका छन् । चाबहिल र कलङ्कीमा ३ वटा बसमा तोडफोड भएको प्रहरीले जनाएको छ । सडकमा बाक्लो सङ्ख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ । विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी, मोहन विक्रम सिंह नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (मसाल) र मोहन वैद्य ‘किरण’ नेकपा क्रान्तिकारी माओवादी लगायतले बन्दको आह्वान गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस