समिक्षाको पक्षमा बोल्न थाले अभिनेत्रीहरू, रेखापछि ऋचा यसो भन्छिन्…

काठमाडौं, नाबालिग गायिकालाई जबरजस्ती करणी गरेको उजुरी परेपछि अभिनेता पल शाह न्यायिक हिरासतमा छन्। उनी तनहुँ प्रहरीको न्यायिक हिरासतमा छन्। तर, पीडित नाबालिग नायिकाको पक्षमा अभिनेत्रीहरू बोल्न थालेका छन्।

आरोपी शाहको पक्षमा समूहगत आवाज उठिरहँदा अभिनेत्रीहरू पीडितको पक्षमा उभिएका हुन्। मंगलबार सार्वजनिक रुपमा अभिनेत्री रेखा थापाले बालिका कानुनतः सबै प्रकारको सुरक्षा र अभिभावकत्व प्राप्त गर्ने अधिकार राख्ने भएकाले उनीहरूको संरक्षण गर्नुपर्र्ने बताएकी छन्।

‘२० वर्षमुनिका छोरीहरु बालिका हुन् । बालिका कानुनतः सबै प्रकारका सुरक्षा र अभिभावकत्व प्राप्त गर्ने अधिकार राख्दछन् । समाजको भूमिका उनीहरुलाई संरक्षाण गर्ने हो,’ आफ्नो आधिकारिक फेसबुक पेजमा अभिनेत्री रेखा लेख्छिन्, ‘को सँग लभ छ रु कति पटक यौन सम्पर्क भयो रु यस्ता नैतिकतावादी कुराको कानुनलाई मतलव हुनुहुँदैन । समाजको आडम्बर त कुरा गरी साध्य छैन ।

केटी मान्छे भनेपछि दुनियाँ भरी कतै नभएका नैतिक मापदण्ड र हिलो छ्याप्ने चलन लज्जाजनक रुपमा नेपालमा व्याप्त छ ।’रेखाले नाबालिगको संरक्षण गर्नुपर्ने बताएको केही घण्टापछि अर्की अभिनेत्री ऋचा शर्माले पनि नाबालिगको संरक्षण कानुनको सम्मान रहेको बताएकी छन् ।

प्रतिक्रिया दिनुहोस