रुसद्धारा युक्रेन युद्धमा एकतर्फी युद्धबिरामको घोषणा, सर्वसाधारणलाई निस्कन दिने

एजेन्सी फागुण २१ । युक्रेनमा हमला गरेको १० औँ दिनमा रुसले एकतर्फी युद्ध बिरामको घोषणा गरेको छ । रुसी रक्षा मन्त्रालयले एकतर्फी युद्ध बिरामको घोषणा गरेको हो । विदेशी नागरिक सहित सुरक्षित स्थानमा जान चाहने युक्रेनी नागरिकका लागि सहजता बनाउन यो घोषणा गरिएको रुसी अधिकारीहरुले बताएका छन् ।

खासगरी मारीउपुल र भोल्दोभाकाबाट सर्वसाधारणलाई निस्कन दिन सहज पार्न युद्ध बिराम गरिएको जनाईएको छ । खासगरी मारीउपुल र भोल्दोभाकाबाट सर्वसाधारणलाई निस्कन दिन सहज पार्न युद्ध बिराम गरिएको जनाईएको छ । यी दुई शहरमा युद्ध बिराम हुने भनिएको छ भने अन्य शहरका बारेमा केही उल्लेख गरिएको छैन ।

यस युद्धका क्रममा दुबै देशका हजारौँ सेना र सर्वसाधारणको मृत्यु भएको छ भने १२ लाख बढी नागरिकले युक्रेन छाडेका छन् ।सैनिक तथा गैर सैनिक थुप्रै संरचनाहरु पनि युद्धमा ध्वस्त भएका छन् । दुबै देशबीच भएको दोस्रो चरणको वार्तामा सर्वसाधारणलाई निकाल्न बाटो खोल्ने सहमति भए पनि लागू नभएको बेला रुसले यो फैसला गरेको हो ।

प्रतिक्रिया दिनुहोस