कुनै दिन जुत्ता नहुदा फुटबल खेल्न छोडेकी “कान्छी” फुटबलर अन्जना, यसरी बनिन् चर्चित गोलकिपर

अहिले विश्वमा फुटबल खेल पुरुषमा मात्र सीमित रहेन। विश्वका कठिनभन्दा कठिन खेलमा पुरुषले मात्र होइन, महिलाले पनि आफ्नो क्षमता र दक्षता देखाउन थाली सकेका छन्। पछिल्लो समय नेपालमा पनि महिला फुटबललाई निकै महत्वका साथ हेर्न थालिएको पाईन्छ ।केही समय अगाडीबाट नेपाली महिला फुटबलमा चर्चामा आएको नाम हो अन्जना राना मगर । बङ्गलादेशमा सम्पन्न यु १९ साफ च्याम्पियनसिपमा उनले आफ्नो खेल देखाएपछि चर्चामा आएकी हुन् । क्षमता र उनको सुन्दरताले झनै उनलाई चर्चा दिलाएको छ ।

कुनै समय फुटबल बुट नहुना खेल्नै छाडेकी अन्जना ,कलिलै उमेरमा राष्ट्रिय महिला फुटबल टिममा आफुलाई स्थापित गराउन सफल भएकी छिन् । राष्ट्रिय टिममा उमेरले अरु भन्दा कम भएकाले सबैले उनलाई ‘कान्छी’ उपनाम समेत दिएका छन् ।

सानै उमेरमा राष्ट्रिय टिममा आफुलाई स्थापित गर्न सफल अन्जना नेपाली फुटबलकै सम्भवत कान्छी पात्र हुन् । वि.स.२०५८ सालमा रौतहटमा जन्मिएकी अन्जनाले निकै कष्टकर तरिकाले फुटबल खेल्न सुरु गरेकी थिईन् । उनको ममि हाउस वाईफ हुन् भने बाबा घर बनाउने ठेकेदार हुन् । यद्दपी बाङ्लादेशमा सम्पन्न यु १९ साफ च्याम्पियनसिपमा नेपालको कप्तानी गरेर सम्हालेकी अन्जनाले फुटबल खेल्न आफ्नी आमाले प्रेरित गरेको र नेपालबाट खेल्ने सपना लिएर फुटबलमा लागेको बताउछिन्।

सारा नेपाली र बिश्वका धेरै फुटबल प्रेमीले चिनेको अन्जनाको संघर्षको कथा छुट्टै छ । ११ बर्षको उमेरदेखी फुटबल खेल्न सुरु गरेको अन्जना बिगतको संघर्ष पिडालाई सम्झिन्छि। एक अन्तरबार्तामा भावुक हुदै उनले भनिन् ‘म भन्दा बढी मेरो मामुको कारणले मैले फुटबल खेलेकी हु तर कुनै समय चिसोमा खाली खुट्टा खेल्नुपर्ने र खुट्टामा घाउ भएपछी खेल्न छाडीदिए तर पछी मामुले आफन्त संग पैसा मागेर बुट किनेर ल्याईदिए पछी फेरी खेल्न सुरु गरे ।’

स्टाईकरबाट फुटबल खेल्न सुरु गरेकी अन्जना आज राष्ट्रिय महिला फुटबल टिमको गोलकिपर बन्न सफल भएकी छीन् । यसरी स्टाईकरबाट गोलकिपरमा आउनुमा भने उनकै बाल्यकालका कोच शेरबहादुर सर थिए । उनको हाईट राम्रो देखेपछि उनलाई गोलकिपर खेल्न सुरु गराईएको थियो । सुरुमा उनले गोलकिपर खेल्न मानेकी थिईनन् । उनका कोचले घरमै गएर आमालाई गोलकिपर बन्न अनुरोध गरेपछी उनले यात्रा सुरु गरेकी थिइन्। त्यसपछि उनि रौतहटबाट प्रधानसेनापति कप खेल्न काठमाण्डौ आईन् ।

त्यतिबेला १४ बर्षकी मात्र थिइन् । यति सानै उमेरमा पनि रौतहटको सिनियर टिममा परेर पहिलो पटक काठमाण्डौ आएकी उनलाई सौभाग्यबश कोचले बिश्वास गरेर पहिलो रोजाइमा नै खेल्ने मौका दिए ।त्यो समयमा रौतहट सेमिफाइनल सम्म पुग्यो । सेमिफाइनलमा आर्मीसंग भेट भयो । अत्यन्तै पर्तिश्पर्धात्मक खेल टाइब्रेकर सम्म पुग्यो । उक्त खेलमा अन्जनाले ३ गोल बचाउन सफन भइन् । त्यसपछी चर्चामा आएकी उनलाई अहिले सम्म पछाडी फर्केर हेर्नु परेन । त्यसपछि उनले राष्ट्रिय टिमबाट यु १४, यु १६, यु १९ गर्दै सिनियर टिमबाट समेत खेलिसकेकी छिन्।

त्रिभुवन आर्मी टिमको यात्रा : – प्रधानसेनापति कपमा दिएको प्रदर्शन पछि उनि राष्ट्रिय टिममा पनि पर्न सफल भइन् । लगत्तै उनलाई आर्मी क्लवबाट पनि अफर आयो । सानै उमेर भएका कारण उनले आर्मीबाट खेल्न नसक्ने बताइन् तर उनको क्षमताका कारण आर्मी क्लबका लागि अफर गर्दै उनकै घरमा पुगे ।हाल नेपाल आर्मीबाट ब्यवसायिक फुटबल खेल्दै आइरहेकी उनले त्यो समयमा आफ्नो बाबाले खेल्न अनुरोध गरेपछी घरमा नै कन्ट्रयाक्ट साईन गरिन् । र ६ ७ महिना पछि काठमाण्डौ आएर आर्मी क्लब र राष्ट्रिय टिमबाट खेल्न थालिन् ।अबको यात्रा :- सुरुमा उनको अनि बाबा, आमाको लक्ष्य चाहाना भनेको राष्ट्रिय टिममा स्थान बनाउनु थियो । त्यो पुरा भएको छ । अब भने उनलाई अझै निखारिनु छ, अझै भरोसादार बन्नु छ, राष्ट्रिय टिमबाट खेलेर देशलाई उपाधी दिलाउनु छ ।

प्रतिक्रिया दिनुहोस