के बैंकमा पैसा राख्दै हुनहुन्छ? बैंकर्स संघले गर्यो यस्तो निर्णय…..

काठमाडौँ, वाणिज्य बैंकहरुले चैतमा ब्याज नबढाउने र स्थिर राख्ने भएका छन् । निक्षेपको ब्याज बढाउन कतिपय बैंकरले माग गरे पनि बैंकर्स संघले भने चैतका लागि नयाँ ब्याजदर अधिकतम ११.०३ प्रतिशत नै दिने निर्णय गरेको हो ।

ब्याजदर बढाएर मात्र निक्षेप तान्न नसकिने देखिएपछि स्थिर राख्ने निर्णय भएको हो ।
बैंकहरुले हरेक महिना निक्षेपको नयाँ ब्याजदर सार्वजनिक गर्नुपर्ने व्यवस्था छ र राष्ट्र बैंकको पछिल्लो निर्देशन अनुसार हरेक महिना १० प्रतिशतको दरले घटबढ गर्न पाउने व्यवस्था छ । तरलता संकट देखाएर बैंकहरुले मुद्दति निक्षेपको ब्याजदर बढाएर ११ प्रतिशतभन्दा बढी पुर्याएका छन् । तर चैतका लागि भने नबढाउने सहमति भएको हो ।

शुक्रबार साँझ २७ वटै वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृतहरुको बैठक बसेर ब्याजदर सम्बन्धमा छलफल गरेका थिए ।
अधिकांश बैंकर्सहरुले ब्याजदर घटाउने होइन बढाउनु पर्ने धारणा राखेका थिए तर ब्याजदर बढाउँदा अन्य चुनौती थपिने भन्दै संघले आज आइतबार ब्याजदर स्थिर राख्ने निणर्य गरेको हो । यसको प्रभावस्वरुप आजको शेयर बजार समेत उच्च अंकले बढेको छ ।

प्रतिक्रिया दिनुहोस